२४ घण्टामा थप ७ सय ६८ जना कोरोना संक्रमण मुक्त

काठमाडौं : नेपालमा बितेको २४ घण्टामा थप ७ सय ६८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २२ हजार १ सय ७८ जना पुगेको छ ।

कुल संक्रमित मध्ये ५५ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालकाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा आज (मंगलवार) थप १ हजार ६९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४० हजार ५२९ पुगेको छ ।

प्रवक्ता गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २२८ जनाको मृत्यु भएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.