राम बहादुर धामी
आँबुखैरेनी, भदौं ७ गते ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१, डुम्रीडाँडामा रहेको दृष्टि युवा क्लबलाई मास्क तथा सेनिटाईजर सहयोग प्राप्त भएको छ । नेपाल तरुण दल, आँबुखैरेनी गाउँ कार्य समितिका उपाध्यक्ष तथा युवा समाजसेवी दिपेन्द्र अधिकारीले संक्रिय स्थानीय युवाहरु सम्मिलित भएर हालै मात्र गठन गरिएको दृष्टि युवा क्लबलाई ५ सय थान मास्क तथा केही थान सेनिटाईजर सहयोग गर्नुभएको हो । यसैबीच, अधिकारीद्धारा क्लबलाई प्राप्त सहयोग मास्क तथा सेनिटाईजर क्लबका अध्यक्ष पवन नेपालीको नेतृत्वमा वडा नं. १ को २ गाउँमा निःशुल्क बितरण गरिएको छ । विश्वव्यापी रुपमा आक्रान्त बनाईरहेको कोरोना भाईरस आँबुखैरेनी गाउँपालिका नजिकका नगरपालिका तथा गाउँपालिकाहरुमा समुदाय स्थरमा कोरोनाको संक्रमण फैलिदै गैरहेको र यस क्षेत्रमा कोरोनाको संक्रमणबाट बच्न र बचाउन मास्क तथा सेनिटाईजर वितरण गरिएको क्लबका अध्यक्ष पवन नेपालीले बताउनुभयो । आँबुखैरेनी–१ को डुम्रीडाँडा र ढापमा रहेका जेष्ट नागरिक, अपांङ्ग तथा बालबालिका लगाएतकालाई घरदैलो कार्यक्रम मार्फत सचेतना जगाउँदै नि ःशुल्क माक्स तथा सेनिटाईजर बितरण कार्यक्रम गरिएको क्लवका सचिव मनोज बास्तोलाले जानकारी दिनुभयो ।
Facebook Comments Box