काठमाण्डौं, ८ साउन
नेपालमा थप १ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १८ हजार दुई सय ४१ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार काठमाण्डौमा पाँच, भक्तपुर र ललितपुरका दुईरदुई जनामा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।
सक्रिय संक्रमितको संख्या पाँच हजार तीन सय ५८ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक सय ५६ जना निको भएसंगै अहिलेसम्म १२ हजार आठ सय ४० जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।