कोरोनाबाट मृत्यु भएकाको परिवारलाई १ लाख ११ हजार १ सय ११ प्रदान — फाेटाेसहित

रविन्द्र कंडेल
असार २७, गोरखा
गोरखामा कोरोनाबाट ज्यान गएका व्यक्तिको परिवारलाई आज गोरखा समाज अमेरिकाबाट प्राप्त १ लाख ११ हजार १ सय ११ रुपैयाँ पालुङ्टार नगरपालिकाका नगरप्रमुख इ. दिपकबाबु कंडेलले हस्तान्तरण गर्नुभएको छ ।
बैदेशिक रोजगारमा बिगत ८ बर्षदेखि कतारमा रही गत असार १७ गते आफ्नै गाउँ आइपुगेर स्थानीय क्वारेन्टिनमा बसेका ४४ बर्षका पुरुषको गत असार २० गते ज्यान गएको थियो । उनी गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङलीका व्यक्ति थिए । कोरोनाबाट ज्यान गएका उनीलाई सहयोगस्वरुप गोरखा समाज अमेरिकाले पालुङ्टार नगरपालिकाका नगर प्रमुख कंडेल मार्फत सो रकम पिडितको परिवारमा पुर्याएका हुन ।
यस दुखद घडीमा श्रद्धाञ्जली अर्पण गर्दै सहयोग स्वरुप रकम उपलब्ध गराएको समाजका अध्यक्ष अञ्जन श्रेष्ठद्धारा हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ ।
कोरोनाबाट ज्यान गुमाएका निजको ११ बर्षीय छोरी र ४ बर्षका छोरा छन् । समाजबाट उपलब्ध गराइएको सो रकम नगरप्रमुख कंडेलले छोरा संगम कुमालको नाममा चेक हस्तान्तरण गर्नुभएको हो ।
चेक हस्तान्तरण गर्दै नगरप्रमुख कंडेलले यो रकम अमेरिकामा बस्दै आउनुभएका साथीभाइहरुले पठाएको बताउँदै नगरपालिकाको तर्फबाट पनि सहयोग गर्ने प्रविबद्धता समेत व्यक्त गर्नुभयो ।
कतारबाट १७ गते नेपाल आई स्थानीय जीवन ज्योति मा.वि. क्वारेन्टिनमा आएका युवकको १८ गते स्वाब संकलन गरिएको थियो भने १९ गते बिहान उनमा कोरोना पुष्टि भएलगत्तै गोरखा अस्पतालको आइसोलेसनमा लगेर उपचार गर्ने क्रममा २० गते बिहान निधन भएको च्याङ्ली स्वास्थ्य चौकीका प्रमुख भरतराज पाण्डेले बताउनुभयो । निजको क्षतिले आफूहरुलाई भावबिब्हल बनाएको समेत उहाँले बताउनुभयो ।

गाेरखा समाज अमेरिकाकाे बिज्ञप्ति जस्ताकाे तस्तै 

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.