असार २२ र २३ गते भिटामिन ए तथा जुकाको औषधी खुवाईंदै

गोरखा संसार
असार २१, गोरखा ।
पालुङ्टार नगरपालिका भित्र रहेक सम्पूर्ण बालबालिकाहरुलाई असार २२ र २३ गते भिटामिन ए तथा जुकाको औषधी खुवाइने भएको छ ।
नियमित कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका सम्पूर्ण बालबालिकाहरुलाई औषधी खुवाउने कार्यक्रम रहेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण अधिकारीले जानकारी दिनुभयो ।
बर्तमा परिबेशमा बालबालिकाहरुको इम्युनिटी पावर बढाउने उदेश्यका साथ यो अभियान थालिएको र गोरखा जिल्लाभरिका सबै पालिकाभित्रका बालबालिकाहरुलाई औषधी खुवाइने स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताउनुभयो । उहाँका अनुसार ६ महिनादेखि २ बर्षसम्मका बालबालिकालाई आधा र २ बर्षदेखि ५९ महिनासम्मका बालबालिकाहरुलाई सिङ्गो १ चक्की औषधी खुवाइने छ ।

नगरपालिका भित्रका सबै स्वास्थ्य संस्थहरूमार्फत १० वटै वडामा याे कार्यक्रम सञ्चालन गरिने अधिकारीले बताउनुभएकाे छ ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.