थप ११ जनामा कोरोना पुष्टि , गोरखामा संक्रमितको सख्या ५१ पुग्यो

८ असार, गाेरखा

गोरखामा थप ११ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराबाट प्राप्त जानकारी अनुसार दुई महिला र नौ पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेका अनुसार शहीद लखन गाउँपालिकाका तीन जना, गण्डकी गाउँपालिकाका तीनजना र भीमसेन थापा गाउँपालिकाका पाँच जनामा कोरोना पुष्टि भएको छ ।

शहीद लखन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठका अनुसार भगवती हिमालय मावि घैरुङ क्वारेण्टाइनका दुई जना र महारुद्र आधारभूत विद्यालय ताक्लुङ क्वारेण्टाइनका एकजनामा कोरोना पुष्टि भएको हो ।

गण्डकी गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख बेली श्रेष्ठका अनुसार ताङ्लिचोक मावि, भैरवाश्रम मावि र दीर्घेश्वर मावि क्वारेण्टाइनका एकेक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै गोरखामा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । उनीहरुमध्य आठ जना कोरोनामुक्त भएर घर फर्किएका छन्, २४ जना आइसोलेशनमा उपचाररत छन् |

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.