काठमाडौं :
नेपालमा शुक्रबार साँझ थप ९ जनामा कोरोना पुष्टि भएको छ ।
शुक्रबार साँझ बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
आजै बाँकेका २१ जना डिस्चार्ज भएका छन् । योसँगै उपचारपछि निको भएर डिस्चार्ज हुनेको संख्या ७० पुगेको छ ।