आन्तरिक र अन्तर्राष्ट्रिय उडान जेठ २ गतेसम्म बन्द

गाेरखा संसार

बैशाख १३

काठमाडौं : सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान मे १५ अर्थात् जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

शनिबार मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समिति बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई थप समय रोक्ने निर्णय लिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।

यसअघि सरकारले वैशाख १८ अर्थात् अप्रिल ३० सम्ममात्र अन्तर्राष्ट्रिय र आन्तरिक उडान स्थगित गर्ने निर्णय गरेको थियो। लकडाउनको निरन्तरता र यसको मोडालिटीबारे छलफल भए पनि यसको विषयमा निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्ने सचिव विडारीले बताए ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा एक महिना लकडाउनले पारेको प्रभाव र संक्रमणको संभावित जोखिमबारे छलफल भएको हो । सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन यही वैशाख १५ गते सकिँदैछ। संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै बैठकमा यसलाई छिमेकी देशले अगाडि सारेका कार्यक्रमका आधारमा अगाडि बढाउने उनले बताए। लकडाउनको अवधि र मोडालिटीबारे समितिकै सिफारिसको आधारमा मन्‍त्रिपरिषद्ले निर्णय गर्ने विडारीको भनाइ छ।

‘लकडाउनकै कारण संक्रमणको दरलाई घटाउन सकिएको छ । छिमेकी मुलुक र अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेको अवस्थालाई विचार गर्दै जानुपर्छ भन्ने विषयमा छलफल भएको छ’, सचिव विडारीले भने, ‘कति दिनसम्म थप गर्ने भन्ने विषयमा नेपाल सरकार तथा मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ । अहिले भइरहेको लकडाउनको अवस्थामा हामी सही बाटोमा छौँ भन्ने विषयमा छलफल भएको छ ।’

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लम्बाइएको थियो।

छिमेकी भारतमा वैशाख २१ सम्म लकडाउन घोषणा गरिएकोले त्यो भन्दा पहिले यहाँ लकडाउन खुल्दा खुला सिमा कारण जोखिम थप बढ्ने भएकोले पनि सरकार लकडाउन थप्‍ने तयारीमा सरकार पुगेको छ ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.