गर्मी बढेसँगैे वाग्मतीको दुर्गन्ध बढेको बारे स्थानियको गुनासो

काठमाडौँ । बाघद्वारबाट उद्गम भएर काठमाडौँको किनारमा बग्ने वाग्मती नदीले काठमाडौँ र ललितपुरको सीमा छुट्याएको छ । धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दू तथा बौद्धधर्ममा पवित्र मानिन्छ । नदीको किनारमा बनेका मन्दिरले धार्मिक विशेषता झन बढाएको छ । गर्मी सुरुभएसँगै वाग्मतीको दुर्गन्ध धेरैले महसुस गरे पनि दुर्गन्ध न्यूनीकरण गर्नतर्फ कसैको चासो र चिन्ता नभएको स्थानीयको गुनासो छ । दुर्गन्धका कारण वाग्मती किनारमा बस्न समस्या हुने गरेको छ । टेकु र कुलेश्वरको बीचमा विष्णुमती नदी र वाग्मती नदीको दोभान छ । दुवै नदी मिसिएर बग्दा सानेपा र बल्खु आसपासका बस्ती बढी प्रभावित छन् ।

वाग्मती नदीअन्तर्गतका अन्य पुल तथा वाग्मती करिडोरमा पैदलयात्रा गर्ने नाकमुख थुनेर हिँड्छन् । कुलेश्वरमा रहेको फलफूल बजार र बल्खु पुलको छेउमा रहेको तरकारी बजारमा दुर्गन्ध अत्यधिक बढेको यहाँका स्थानीय बताउँछन् । थापाथली र कुलेश्वरको सुकुम्बासी बस्तीमा वर्षातको समयमा वाग्मती नदी बस्ती भित्रै पस्ने उनीहरूको भनाइ छ । ललितपुर महानगरपालिका-२ सानेपामा बस्ने सानेपा स्वास्थ्य संस्थाका सचिव सजीव केसीले भने, “हावा चल्यो भने वाग्मती नदीको गन्ध करिब एक किलोमिटर परसम्मको बस्तीमा पुग्छ । नदीबाट आएको गन्धका कारण राति निन्द्रा पर्दैन, खाना मन लाग्दैन ।”

स्वास्थ्य शिविरको कामका लागि जाँदा वाग्मती गाउँपालिकाको प्यूटारसम्म दुर्गन्ध पुग्ने उनले अनुभव सुनाए । उनले भने, “सानेपामा वाग्मती नदीको छेउमै छ नेपाली काँग्रेसको केन्द्रीय पार्टी कार्यालय छ । यहाँ मन्त्रीदेखि प्रधानमन्त्रीसम्म आउछन् तर उनीहरुलाई वाग्मती नदीको गन्ध कसरी कम गर्न सकिन्छ भन्नेतर्फ चिन्ता नै छैन ।” ललितपुर उपमहानगरपालिका-२ सानेपाका ४५ वर्षीय विशाल शाहीले वाग्मती करिडोर छेउमा पसल व्यवसाय गर्न लागेको वर्षौँ बितेको भन्दै नदीको दुर्गन्ध पनि वर्षौँदेखि उस्तै रहेको बताए । उनले भने, “गत वर्ष डेङ्गु बढेका बेलामा हाम्रो पूरै परिवार डेङ्गु सङ्क्रमित भयो । अहिले पनि बेलाबेलामा हैजालगायत सङ्क्रमित रोग देखा पर्छन् । नदीको दुर्गन्धसँग जोडिएको वर्षौँ बितेकाले बानी परिसकेको छ ।”

“वाग्मती नदी किनारमा धेरै पार्क छन् । पार्कभित्र मानिस पस्छन् तर दुर्गन्धका कारण धेरै समय टिक्न सक्दैनन् । ललितपुरमा बिपी पार्क, मनमोहन पार्क र शहीद पार्क वाग्मती किनारमा छन्”, बिपी पार्कका इन्चार्ज सञ्जु श्रेष्ठले भने, “धेरै लगानी गरेर पार्क स्थापना गरेका छौँ । पार्कमा मानिस आउँछन् तर दुर्गन्धका कारणले धेरै समय बस्न सक्दैनन् ।” उनले वाग्मती नदीको दुर्गन्धका कारण पार्कमा चहलपहल घटेको बताए ।

वाग्मती नदीको किनारमा बस्ने सुनकुमारी गुरुङले फागुन सुरु हुने बित्तिकै वाग्मतीको दुर्गन्ध सुरु हुने बताए । “फागुन लागेपछि हावा चल्न थाल्छ । हावा चल्यो भने दुर्गन्ध फैलिन्छ र बस्नै गाह्रो हुन्छ । राति निन्द्रा पर्दैन । यहाँ बसेको वर्षौँ भयो तर समस्या सधैँ उस्तै छ”, उनले भने । नदीबाट निस्कने दुर्गन्धका कारण नदी आसपासका बासिन्दालाई सास्ती भइरहेको छ । “वाग्मतीबाट निस्कने दुर्गन्धको असर कति छ भन्ने कुरा त हामीलाई थाह छ । वाग्मतीमा ढल मिसाउनेलाई थाह छैन”, स्थानीयले गुनासो गरे ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.