एआई एक्सरे प्रविधिद्वारा ३१२ जनाको परीक्षण: दुई जनामा क्षयरोग पुष्टि


गोरखाको पालुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित च्याङ्ली स्वास्थ्य चौकीमा एआई प्रविधिद्वारा एक्सरे गरी छाती रोग सम्बन्धी खोज पड्ताल गर्दा दुईजनामा क्षयरोग भएको पुष्टि भएको छ।
पालुङटार नगरपालिका स्वास्थ्य शाखाको आयोजना मा च्याङ्ली स्वास्थ्य चौकीमा वैशाख २२ गते सोमबारका दिन भएको निशुल्क एक्सरे सहितको खोज पड्ताल कार्यक्रम बाट उक्त कुराको पुष्टि भएको हो। प्रविधिबाट एक्सरे गरी सञ्चालन गरिएको कार्यक्रममा पालुङटार नगरपालिका वडा नम्बर ६ ७ र ८ का कुल ३१२ जनाले निःशुल्क एक्सरे सेवा लिएको च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकार अन्तर्गत रहेको स्वास्थ्य मन्त्रालय र प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको समन्वय मा सञ्चालित खोज पडताल अभियानमा प्रादेशिक क्षयरोग केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो।
पालुङटार नगरपालिकाका उप प्रमुख बन्दना पाण्डेले प्रमुख अतिथि को रूपमा बोल्दै स्वास्थ्य सेवा मा थप सुधार गर्नुपर्ने बताउनु भएको थियो। स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर कुमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्षयरोग नियन्त्रण केन्द्रका डाक्टर हरुले एक्सरे गर्नुका साथै परमर्श समेत गरेका थिए।
वि.सं २०८३ साल भित्रमा क्षयरोग मुक्त पालिका घोषणा गर्ने कार्यक्रम अन्तर्गत छया रोगीहरूको खोजी गर्नको लागि यो अभियान सञ्चालन गरेको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सिर्जना पोखरेलले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा अन्तर्गत क्षयरोग फोकल पर्सन जनक राउतले गर्नुभएको थियो।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.