एआई एक्सरेबाट क्षयरोगको खोज पड्ताल सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

वैशाख १७ गते, गोरखा ।

पालुन्टार नगरपालिका नगरकार्यपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाको वडा नम्बर ७ मा रहेको च्याङ्ली स्वास्थ्य चौकीमा यही मिति २०८२ साल वैशाख २२ गतेका दिन एआई एक्सरेबाट क्षयरोगको खोज पड्ताल गर्ने कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित बनाउनको निमित्त आज मिति २०८२ साल वैशाख १७ गतेका दिन ७ नम्बर वडाका वडा अध्यक्ष श्री अर्जुनबहादुर कुमालज्यूको अध्यक्षतामा एक अभिमुखीकरण कार्यक्रम सञ्चालन भयो। कार्यक्रममा स्वास्थ्य शाखाका क्षयरोग कार्यक्रम फोकल पर्सन श्री जनक राउतबाट विषयवस्तुको बारेमा जानकारी गराउने कार्यसम्पन्न भयो, टोलभित्र रहेका केही टोल सुधारका अध्यक्ष लगायत विभिन्न संघसंस्थाका प्रमुख युवा क्लबका अध्यक्ष एवं प्रतिनिधि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका साथै जनप्रतिनिधिको उपस्थिति रहेको यो कार्यक्रममा कार्यक्रमलाई प्रभावकारी बनाउन आजको कार्यक्रममा सहभागी रहेका व्यक्तिहरूको अहम भूमिका रहेको विषयवस्तु धुवाकोट स्वास्थ्य चौकीका इन्चार्ज श्री लक्ष्मण बाबु श्रेष्ठज्यूले जानकारी गराउनुभयो भने यो कार्यक्रम नगरपालिकाको वडा नम्बर ६७ र ८लाई पायक पर्ने उद्देश्यले च्याङ्ली स्वास्थ्य चौकीमा राखिएको हुनाले गाईखुर स्वास्थ्य चौकीको इन्चार्ज श्री रामलाल श्रेष्ठज्यूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सशक्त ढङ्गले सूचना प्रचारप्रसार गर्नुपर्ने च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले जानकारी गराउनुभएको थियो।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.