अब वालिङमै शल्यक्रिया सेवा

स्याङ्जाको स्मार्ट सिटी वालिङमा शल्यक्रिया सेवा सुरू भएको छ। वालिङ नगरपालिकाको गह्रौ प्राथमिक अस्पताल वालिङमा मंगलबार देखि अत्यावश्यक प्रसुती शल्यक्रिया शुरु भएको हो। अस्पतालमा शल्यक्रिया मार्फत पहिलो पटक ३२ वर्षिय महिलाले दिनको ३ बजे स्वस्थ बच्चालाई जन्म दिएको अस्पतालले जनाएको छ । विशेषज्ञ चिकित्सक डा. नारायण बहादुर गोदार र डा. सुरज ढकालको संयुक्त टीमले वालिङ नगरपालिका वडा नं ६ निवासी एक गर्भवती महिलालाई आकस्मिक शल्यक्रिया सेवा प्रदान गरेको गह्रौ प्राथमिक अस्पतालका प्रमुख डाक्टर सुरज ढकालले जानकारी दिए।

उनले अस्पतालमा प्रसुती सेवा सञ्चालनमा आएसँगै धेरै महिलालाइ सहज हुने र प्रसुतीको लागि पाल्पा पोखराका अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको बताए। यो सेवालाइ अझ सुविधायुक्त बनाउँदै लाने योजना रहेको उनको भनाई छ।

वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले पदभार ग्रहण गर्दाकै दिन वालिङ नगरपालिकामा महिलाहरुलाई परेको समस्या सामाधान गर्न गह्रौ प्राथमिक अस्पतालमा शल्यक्रिया सेवा सुरू गर्ने निणर्य गरेका थिए। शल्यक्रियाको लागि पनि पाल्पा र पोखरा धाउनुपर्ने बाध्यता रहेको कुरालाई मध्येनजर गर्दै गह्रौ प्राथमिक अस्पतालबाट सेवा दिने उद्घोष गरेका थिए। नगरप्रमुख कृष्ण खाँणले सेवा सञ्चालनमा आएपछि आफुले सुरुमा गरेको प्रतिबद्धता, योजना र आफ्नो एउटा सपना पुरा भएकोमा खुसी व्यक्त गरे। सबैको साथ, सहयोगले सेवा सुरू गर्न सम्भव भएको बताउँदै मेयर खाँणले सेवालाई थप प्रभावकारी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरे। जनताले अनुभुती गर्ने गरी पालिकाले काम गरिरहेको खाँणले बताए।

गह्रौ प्राथमिक अस्पतालका प्रमुख डा. सुरज ढकालले मंगलबारदेखि प्रसुती शल्यक्रिया सँगै हाइड्रोसिल, हर्निया र एपेन्डिक्सको शल्यक्रिया सेवा पनि प्रवाह भएको जानकारी दिए।

Facebook Comments Box
खेलकुद
गोर्खा संसार

१७ औं भानु कप फुटबल प्रतियोगिता १९ गते देखि २६ सम्म हुने

शंकरराज नहर्की । तनहुँ १२ साउन २०८१ शनिवार ।  १७ औं भानु कप फुटबल प्रतियोगिता साउन १९ गतेदेखि २६ गते सम्म हुने भएको छ ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.