शुद्ध पिउने पानी विषयक शुक्ष्म स्वास्थ्य परियोजना कार्यक्रम सम्पन्न

अाज (असार २८ गते) बिहिबारका दिन पोखरा विश्वविध्यालय जनस्वास्थ्य समुह ‘क’ विद्यार्थीहरूद्वारा जीवन ज्योती मा वि सभागृह हलमा लक्षित समुहहरूको उपस्थितिमा सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रम अन्तरगतको शुद्ध पिउने पानी विषयक शुक्ष्म स्वास्थ्य परियोजना कार्यक्रम सुसम्पन्न भएको छ । कार्यक्रम आयोजक टिमले यसअघि समुदायमा सामुदायिक स्वास्थ्य निरूपण प्रयोगात्मक फिल्ड अभ्यासका क्रममा समुदायबाट नमुना तत्थ्यांक संकलन गरि प्रमुख समस्या प्राथमिकिकरण गरि समुदायकै संलग्नतामा वास्तिवक समस्या पहिचान गरि प्रथम समस्याको रूपमा पर्न गएको शुद्ध पिउने पानीको समस्यामा केन्द्रित रहि कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा टिम लिडर तथा कार्यक्रम संचालक समुन्द्र लगुन लगायत प्रकृति रेग्मी, अर्चना सापकोटा, अस्मिता रानभाट, दिभ्या देवकोटा, सामना मरासीनी, सुजता कडेल, सगुन कुमाल, सदिक्षा भ०डारी, प्रेक्षा धामीले शुद्घ पिउने पानीको महत्व, दुषीत पिउने पानीका स्वास्थ्य असरहरू, पानी शुद्धीकरणका उपाय तथा बिधिहरू लगायतका विषय प्रस्तुतीकरण, प्रदर्शनीका साथै र्याली कार्यक्रम गरि जनचेतना जगाएका थिए । समुदायमा अधिकांश मानिसहरू पिउनको लागि मुहान कुवाको स्रोतमा निर्भर रहने, मुहान कुवाको उपयूक्त व्यवस्थापन संरक्षण नभएको, फोहोर व्यवस्थापनका समस्या, बर्खायामको भलका कारण स्रोतमानै पानी प्रदुषित हुने, अधिकांश घरमा पानीको शुद्धिकरण नहुने हुँदा अधिकांश समुदायका मानिसहरू शुद्ध पिउने पानीको अभावबाट हुने स्वास्थ्य समस्या जस्तै झाडापखाला, आँउ, टाइफाइड, ज्वरो रूघाखोकीको जोखिममा रहेको तथ्यांक र सामुदायिक छलफलबाट जानकारीमा आएको थियो । त्यसैमा आधारित रहि घरेलु स्तरमा नै पानीलाइ उमालेरमात्र पिउने, उपलब्धताअनुसार फिल्टर वा क्लोरिन बिधिद्वारा शुद्धिकरण गर्न सकिने, पानीको स्रोत सरसफाइ संरक्षणमा पनि ध्यान पुर्याउन पर्ने, पानी प्रयोग हुने भाँडाको सरसफाइ साथै व्यक्तिगत सरसफाइमा पनि सतर्क हुनुपर्ने कुराहरू कार्यक्रम आयोजकले सुझाएका थिए । कार्यक्रम संचालकले गोरखा संसारलाइ कार्यक्रमका बारेमा जानकारी गराउँदै सहभागी जनसमुदायका प्रतिक्रिया अनुसार कार्यक्रम जनचेतनामुलक, उपयोगी रहेको र शुक्ष्म स्वास्थ्य कार्यक्रम जनसहभागितामा सफलताका साथ सुसम्पन्न भएको जानकारी गराउनुभयो । साथै यहि असार ३१ गते अन्तिम प्रस्तुतिकरण कार्यक्रम गरि सम्पूर्ण सामुदायिक स्वास्थ्य निरूपण प्रयोगात्मक फिल्ड अभ्यासका कार्य पुरा गरि साउन २ गते विश्विविद्यालय फर्कने जानकारी गराउनुभयो ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.