गर्मी बढेसँगै बिरामी बढे, रगतको अभाव

चितवन । जिल्लामा गर्मी बढेसँगै बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव भएको छ । रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले अपिल प्रकाशित गरी रक्तदान गर्न आह्वान गरेको छ । शाखा सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताललगायत निजी र सामुदायिक अस्पतालमा उपचारार्थ आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको उल्लेख छ ।

अपिलमा भनिएको छ, “हाल गर्मी मौसमको कारणले रक्तदान कार्यक्रमको आयोजना कम हुने गरेको र रगतको मागमा अत्याधिक वृद्धि भई मागअनुसार रगत आपूर्ति गर्न कठिन भएको छ ।” रक्तदान गरेर जीवनदान दिन सम्पूणर् रक्तदाता, रक्तदान गर्ने सङ्घसंस्था, रेडक्रसकर्मीहरूमा रक्तदान कार्यक्रमको आयोजना गरिदिन रेडक्रसले अपिल गरेको छ ।
कार्यक्रमबाहेक पनि व्यक्तिगतरूपमा रक्तदान गर्न इच्छुक रक्तदाताले प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरलगायत क्यान्सर अस्पताल युनिट, चितवन मेडिकल कलेज युनिट, बघौडा अस्पताल आकस्मिक रक्त सञ्चार एकाइमा गई रक्तदान गर्न सकिने रेडक्रसले जनाइएको छ ।

प्रादेशिक रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले दैनिक एक सय ५० पोका हाराहारी रगतको माग हुने गरेको जानकारी दिए । उनका अनुसार दैनिक ४० पोका रगत रक्तदान कार्यक्रमहरूबाट सङ्कलन हुने र बिरामीका आफन्तबाट २० पोका हाराहारी सङ्कलन हुने गरेको भन्दै उनले ठूलो मात्रामा रगतको अभाव भएको बताए ।

हरेक वर्ष गर्मी मौसममा चितवनमा रगतको अभाव हुने गर्दछ । यहाँका अस्पतालमा देशैभरि र भारतीय सीमावर्ती क्षेत्रबाट उपचारका लागि बिरामी आउने गर्दछन् । पूर्व-पश्चिम राजमार्ग, नारायणगढ-मुग्लिन सडक, पृथ्वी राजमार्गलगायत भित्री सडकमा हुने दुर्घटनाका बिरामी अधिकांश यहीँको अस्पतालमा उपचार गराउँछन् । क्यान्सर, प्रसूति, दुर्घटना र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई धेरै रगतको माग हुने गरेको छ ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.