विन्दवासिनी माध्यमिक विद्यालयको 62 औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

श्री विन्ध्यवासिनी मा वि नारेश्वर,गोरखाले ६२ ‍औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।२०७९/९/२० र २१ गते २ दिन सम्म सञ्चालन भएको उक्त कार्यक्रममा विद्यालयको विभिन्न आान्तरिक खेलकुद तथा अतिरिक्त क्रियाकलाप हरु भने पहिलो दिन २० गते नै सञ्चालन गरिएको थियो।
दोस्रो दिन २१ गते बिहान ११ बजे बाट शुरु भएको अभिभावक दिवस समारोहमा कार्यक्रमको अध्यक्षता विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री लाल बहादुर बि क ले गर्नुभएको थियो । गोरखा नगरपालिका का नगर प्रमुख श्री कृष्ण बहादुर राना मगरको प्रमुख आतिथ्यता र नगर उपप्रमुख श्री मसली माया थोकरको विशेष आतिथ्यतामा सञ्चालन भएको उक्त कार्यक्रममा विशेष अतिथिको भुमिकामा गोरखा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष श्री चुल बहादुर कुँवर, शिक्षा विकास तथा समन्वय इकाई गोरखाका प्रमुख श्री सुभाष आचार्य, त्यस्तैगरी वर्तमान गुणस्तर लेखाजोखा समितिका अध्यक्ष श्री दिलबहादुर थापा तथा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जिबनजोति श्रेष्ठ रहनुभएको थियो ।विद्यालयका प्रधानाध्यापक श्री उदय बहादुर भट्ट बाट ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहको अवसरमा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उक्त कार्यक्रममा विद्यालयको तर्फबाट स्वागत मन्तव्य सहायक प्रधानाध्यापक श्री माधव तिवारीले राख्नुभएको थियो। विद्यार्थीको तर्फबाट वार्षिकोत्सवको अवसरमा कक्षा १० की छात्रा अनुस्का थापाले शुभेच्छा मन्तव्य राख्नुभएको थियो भने अभिभावकहरू तर्फबाट शुभेच्छा मन्तव्य शिक्षक अभिभावक सङ्घका सदस्य यसरी परशुराम अधिकारीले राख्नुभएको थियो ।उक्त कार्यक्रममा अभिभावक श्री रमेश भट्ट, छिमेकी विद्यालयका प्रधानाध्यापकहरु कृष्णराज कार्की, भोजराज कोईराला, पुरुषोत्तम बाबु भट्टराई, शिक्षक सङ्घका अध्यक्ष शिवबहादुर थापा, पूर्व प्रधानाध्यापक शुरेष बाबु थापा, पुर्व शिक्षक विनोद तिवारी, पूर्व प्रधानाध्यापक पुरुषोत्तम अर्याल, स्थानीय बुद्धिजीवी राजी थापा, नेपाल शिक्षक महासङ्घका जिल्ला अध्क्षय गोपालबाबु मरहट्टा, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष बाबुराम विश्वकर्मा, शिक्षा विकास तथा समन्वय इकाई गोरखाका प्रमुख सुवास आचार्य, गोरखा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष श्री चुल बहादुर कुँवर, गोरखा नगरपालिकाका नगर उपप्रमुख मसलीमाया थोकर तथा प्रमुख अतिथि गोरखा नगर पालिकाका नगरप्रमुख श्रीकृष्ण बहादुर राना मगरले विद्यालयको वार्षिकोत्सवको अवसरमा शुभेच्छा मन्तव्य राख्नुभएको थियो ।उक्त कार्यक्रममा बाल कक्षा देखि कक्षा ३ सम्मका सानासाना नानीहरूको नृत्यऽ विद्यालयका शिक्षकहरु द्वारा नृत्य प्रस्तुत, लगायत अन्य विभिन्न प्रकारका अन्तर सदनात्मक नृत्य/सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । विद्यार्थीहरु द्वारा तयार गरिएको अभिभावको शिक्षाप्रतिको दायित्व भन्ने एउटा रमाइलो नाटक पनि प्रस्तुत गरिएको थियो ।उक्त कार्यक्रममा मरणोपरान्त सम्मान हुने व्यक्तिहरुमा सस्थापक भैरवबहादुर बस्नेत उहाँको श्रीमती टिकाकुमारी बस्नेतलाई सम्मान गरिएको, त्यस्तैगरी मरणोप्रान्त संस्थापक प्रेमनिधि कोइराला उहाँको श्रीमती नीम कुमारी कोइरालालाई सम्मान गरिएको, त्यस्तैगरी विद्यालयका संस्थापक दिप बहादुर थापा, पूर्व शिक्षक रेशमबहादुर धिताल लाई पनि सम्मान गरिएको साथै जग्गादाता स्वर्गीय कृष्णबहादुर बरामको सम्मानमा छोरा रामशरण बराम लाई सम्मान गरिएको त्यस्तैगरी जग्गा दाता श्री जनार्दन कोइरालाको श्रीमती हरी कुमारी कोइरालालाई सम्मान गरिएको त्यस्तै गरी विद्यालयलाई विभिन्न प्रकारले सहयोग गर्ने room to read, एकीकरण नेपाल र कल्स ओभर रिजेज नेपाल संस्लाथाहरुलाई पनि विद्यालयको तर्फबाट सम्मान गरिएको थियो ।कार्यक्रम विभिन्न अक्षयकोषदाता मार्फत विभिन्न प्रकारका छात्र वृति प्रदान गरिएको थियो । जसअन्तर्गत बहादुर भट्ट स्मृति कोषका रमेश भट्ट मार्फत ६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो । त्यस्तैगरी चन्द्रबहादुर भट्ट स्मृति कोष अन्तर्गत ओम बहादुर भट्ट मार्फत पाँच जना विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरिएको थियो ।त्यस्तै हरिप्रसाद अर्याल स्मृति छात्रवृत्ति कोष अन्तर्गत केसरी दत्त अर्यालबाट एक जनालाई छात्रवृत्ति प्रदान गरिएको थियो । त्यस्तैगरि केशव कुमार श्रेष्ठ स्मृति छात्रवृत्ति कोष अन्तर्गत पार्वती श्रेष्ठ ज्युको प्रतिनिधित्व गर्दै प्रतिनिधीको रुपमा मोतीलाल श्रेष्ठज्यूले ५ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्नुभएको थियो ।त्यस्तैगरि शान्ताकुमारी स्मृति छात्रवृद्धि कोष अन्तर्गत शरद श्रेष्ठबाट १० जना विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गर्नुभएको थियो । ठानेश्वर, हरिमाया स्मृति कोष अन्तर्गत टिका देवी खनाल तथा नारायणदत्त खनाल ज्यू बाट ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो । त्यस्तैगरि पूर्व प्रधानाध्यापक शुरेष बाबु थापाबाट विद्यालयका शिक्षकलाई प्रोत्साहन गर्ने कार्यक्रम अनुसार विद्यालयका चारजना शिक्षकहरु (मा वि गणेशराज सापकोटा,नि मा वि यम प्रसाद तिवारी,प्रा वि मीना नेपाली र पूर्व प्रा वि लक्ष्मी थापा) लाई प्रशंसा पत्र र मेडल मार्फत पुरस्कृत गर्नुभएको थियो । त्यस्तै स्वर्गीय तिलकुमारी थापाको स्मृतिमा उहाँका छोरा विद्यालयका शिक्षक कृष्ण थापाले विद्यालयका गरिव तथा जेहेन्दार दुईजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो । साथै स्वर्गीय पदमबहादुर थापा स्मृति कोष (रु १,४१,०००)अन्तर्गत संचालकहरु प्रेमबहादुर थापा, सूरेश थापा, गणेश बहादुर थापा, बलबहादुर थापा तथा राजेश थापा द्वारा अक्षयकोषको ब्याजबाट प्राप्त रकमबाट शैक्षिकसत्र २०७८ मा विद्यालयबाट प्रथम, द्वितीय र तृतीय हुने सम्पूर्ण विद्यार्थीहरूको पुरस्कारको व्यवस्थापन गर्नुभएको थियो ।विद्यालयका पूर्व विद्यार्थी पश्चिमाञ्चल क्याम्यस पोखराका Asst. Professer Er. होमनाथ तिवारी ले वार्षिकोत्सवको शुभकामना सन्देश पठाउनुभएको थियो ।

कार्यक्रममा  कुमाल उत्थान समिति कुमाल गाँउबाट निशुल्क बाजाको व्यवस्था गरेको थियो ।त्यस्तै शान्ति टोल विकास संस्थाले निशुल्क साउन्ड सिस्टम उपलब्ध गराएको थियो ।कार्यक्रममा पूर्व उद्योग वाणिज्य संघका अध्यक्ष श्री जीवनज्योति श्रेष्ठले रु१,०१,१११ रकमको स्व.कमल नारायण श्रेष्ठ स्मृति अक्षय कोष पनि उक्त दिन घोषणा गर्नुभएको थियो । रमाईलो पी टी प्रदर्शन गरीएको र उल्लेखनीय अभिभावक उपस्थित भएको सो कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक गणेशराज सापकोटा र शिक्षक जनकराज कोइरालाले गर्नुभएको थियो ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.