धुवाकोट को एक विद्यालयका छात्रछात्राहरुलाई न्यानो कपडा वितरण

गोरखा, पुस 21 गते ।

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर 8 मुलाबारी स्थित जनकल्याण प्राथमिक विद्यालयका सबै बालबालिकाहरुका लागि आज न्यानो कपडा  वितरण गरिएको छ ।

हाल वैदेशिक रोजगारको क्रममा जापानमा रहेका मिसन थापा,  फ्रान्समा रहेका समीर बराम र क्रोएसियामा रहेका बम बहादुर बि क को सहयोगमा सम्राट काराखेतीले सहजीकरण गरी विद्यालयमा अध्ययनरत 35 जना छात्रछात्राहरुलाई न्यानो कपडा सुइटर र टोपी वितरण गरिएको सो विद्यालयका प्रधानाध्यापक भोज बहादुर थापाले जानकारी दिनुभएको छ ।

विद्यालयमा आज विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर बरामको अध्यक्षतामा भएको एक कार्यक्रमकाबीच कपडा वितरण गरिएको हो सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा पालुङटार नगरपालिका वडा नम्बर 8 का वडाअध्यक्ष हो बहादुर नेपाली, वडासदस्य सावित्रा सुनार,मुलाबारी टोल विकास संस्थाका अध्यक्ष कृष्णबहादुर  काराखेती लगायतका को उपस्थिति रहेको थियो ।

 

 

 

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.