शिक्षा दिवसका अवसरमा विद्यालयमा विविध कार्यक्रम सम्पन्

“ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता” भन्ने मूल नाराका साथ देशैभर मनाइएको शिक्षा दिवस पालुङटार नगरपालिका भित्रका सबैजसो विद्यालयहरूले पनि विविध कार्यक्रम गरी मनाएका छन्।
यसै अन्तर्गत पालुङटार नगरपालिका वडा नम्बर ७ स्थित जीवन ज्योति माध्यमिक विद्यालय मा विविध कार्यक्रम गरी मनाइएको छ। विद्यार्थीहरूको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापको महत्व हुने महसुस गर्दै विद्यालयले कक्षा १ देखि १२ सम्ममा तहगत रुपमा विभिन्न छुट्टाछुट्टै कार्यक्रमहरु गरेर शिक्षा दिवस मनाएको हो ! विद्यालयमा कक्षा १ देखि ३ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि बिस्कुट दौड, कक्षा चार र पाँचमा अध्ययनरत विद्यार्थीहरूका लागि हिसाब दौड, कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि मेमोरी टेस्ट, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका लागि अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता र कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि “रोजगारमूलक शिक्षा आजको आवश्यकता ” विषय मा निबन्ध लेखन प्रतियोगिता गराइएको थियो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सबै विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक बद्रीबहादुर पाण्डेले टिका लगाई पुरस्कार समेत प्रदान गर्नुभएको थियो॥
कक्षा ११ र १२ तर्फ भएको निबन्ध प्रतियोगितामा सम्पूर्ण बिक प्रथम, परीसा कुमाल द्वितीय, मनु परियार तृतीय र समीक्षा कुमालले शान्तवाना स्थान हासिल गरेका थिए। त्यस्तैगरी कक्षा ९ र १० तर्फ भएको अन्तरसधनात्मक हाजिरी जवाफ प्रतियोगितामा मनासलु सदन प्रथम, सगरमाथा सदन द्वितीय र माछापुछ्रे सदन तृतीय भएका थिए ॥ त्यस्तैगरी कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूका लागि सञ्चालन गरिएको मेमोरी टेस्ट प्रतियोगितामा सगरमाथा सदनका रिदम कडेल प्रथम, माछापुछ्रे सदनका अनमोल श्रेष्ठ द्वितीय र अन्नपूर्ण सदनकी प्रियंका अधिकारी तृतीय भएका थिए। कक्षा ४ र ५ का लागि सञ्चालित हिसाब दौडमा माछापुछ्रे सदन की सूचित्रा कुमाल प्रथम, सगरमाथा सदनकी जेसिका श्रेष्ठ द्वितीय र माछापुछ्रे सदनकै शौखिन थापा तृतीय भएका थिए।
कक्षा १ देखि ३ सम्म भएको बिस्कुट दौडमा पनि कक्षागत रूपमा प्रथम द्वितीय र तृतीयलाई पुरस्कार प्रदान गरिएको थियो। जसमा कक्षा १ बाट सूचिता महरा प्रथम, अन्जु कुमाल द्वितीय र विप्सन नहरकी तृतीय भएका थिए त्यस्तैगरी कक्षा २ बाट अबिसन कुमाल प्राथम, अनिल बिक द्वितीय र विश्वास कमाल तृतीय भएका थिए। भने कक्षा ३ बाट समिर कुमाल प्रथम शवनम कुमाल द्वितीय र श्रेया परियार तृतीय भएका विद्यालयका सूचना अधिकारी प्रविण तिवारीले जानकारी लिनुभयो।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.