गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ८मा रहेको अकला माध्यमिक विद्यालय धुवाँकोटको स्वर्ण जयन्तीको अवसरमा सञ्चालन भएको महिला भलिबल प्रतियोगितामा अकला माध्यमिक विद्यालय प्रथम भएको छ ।
स्वर्णजयन्ती को तेस्रो दिन फागुन ४ गते विद्यालय प्राङ्गणमा सञ्चालन भएको महिला भलिबल प्रतियोगितामा ४ टिमको सहभागिता भएको थियो । पहिलो खेल सागछर्ने टोल विकास संस्था र मिलन टोल विकास संस्था का महिला भलिबल खेलाडीहरु बिच भएको थियो । सो खेलमा सागछर्ने टोल विकास संस्था ले जीत हासिल गरी फाइनल खेलमा प्रवेश गरेको थियो भने दोस्रो खेल अकला माध्यमिक विद्यालय र जीवन ज्योति माध्यमिक विद्यालय बिच बीच भएको थियो । उक्त खेलमा जीवन ज्योति माध्यमिक विद्यालयलाई पछिपार्दै अकला माध्यमिक विद्यालय फाइनल प्रवेश गरेको थियो ।
अकला माध्यमिक विद्यालय र सागछर्ने टोल विकास संस्थाबीच भएको फाइनल खेलमा सागछर्ने टोललाई पछिपार्दै अकला माध्यमिक विद्यालयले जीत हासिल गरेको हो । प्रथम र द्वितीय हुने समूहलाई पुरस्कार प्रमाणपत्र र मेडल समेत प्रदान गरिएको थियो । विद्यालयमा फागुन 2 गतेदेखि स्वर्णजयन्ती सञ्चालन भइरहेको छ । फागुन 2 गते उपप्रधान एवं भौतिक योजनामन्त्री नारायणकाजी श्रेष्ठले स्वर्ण जयन्तीको उद्घाटन गर्नुभएको थियो । स्वर्ण जयन्तीको समापन समारोह भने प्रजातन्त्र दिवसका दिन 7 गते दिन गरिने विद्यालयले जनाएको छ । विद्यालयमा आज नगरपालिकाभित्र रहेका विद्यालयहरूका शिक्षकहरुको भलिबल प्रतियोगिता हुने छ ।
गोरखामा यात्रु सहायता कक्षहरु स्थापना
प्रहरी कार्यालय गाेरखाकाे बिज्ञप्ति जस्ताकाे तस्तै आउँदै गरेको हिन्दुहरुको महान चाँड बडा दशै, शुभ दिपावली र छठ पर्वलाईमध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक