पालुङ्टार 7 च्याङलीमा आज तमु ल्होसार मनाइयो

पौष 15 गते गोरखा

गोरखाको पालुङटार नगरपालिका वडानम्बर 7 च्याङलीमा तमु ल्होसार मनाइएको छ ।

वडा नम्बर-7 को खोला घाटमा रहेको सरस्वती आमा समूहका अध्यक्ष अनिता गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अमर तमुले यस पर्वको  महत्वका बारेमा चर्चा गर्नुभएको थियो । सोही अवसरमा पालुङटार नगरपालिकाकी नगर उपप्रमुख बन्दना पाण्डेले समसामयिक बिषयमा आफ्ना भावनाहरु राख्नुभएको थियो ।  त्यस्तैगरी कार्यक्रममा नेकपा एमालेका  चन्द्रबहादुर कुमाल, नेपाली कांग्रेस का कृष्ण जी श्रेष्ठ , स्वास्थ्य चौकीका प्रमुख भरतराज पाण्डेलगायतका ले आफ्नो मन्तब्य राखेका थिए ।  स्रोही  अवसरमा कार्यक्रमको संचालन भने ओम प्रकाश गुरुङले गर्नु भएको थियो । बाघ वर्गलाई विदा गर्दै बिरालो वर्गलाई स्वागत गर्ने अवसरका रुपमा यस लोसारलाई मनाइएको पनि अवसरमा बताइएको थियो । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरि  तमु ल्होसार हरेक वर्ष पुस 15 गते मनाउँदै आउने गरेको छ । तमु ल्होसार पर्व सूर्यको किरणसँग पनि सम्बन्धित रहेको छ ।  पुस 15 गते को रात सबैभन्दा लामो हुने र यसपछिका रात गर्दै जाने भएकाले पनि यसको महत्व रहेको बताइन्छ । गुरुङ समुदायको बाक्लो बस्ती रहेको गण्डकी प्रदेशका गोरखा लमजुङ कास्की लगायतका विभिन्न जिल्लामा यो पर्व विशेष हर्षोल्लासका साथ मनाउने गरिन्छ ।  त्यस्तैगरि राजधानी तथा देशका अन्य स्थान र विभिन्न देशमा बस्ने गुरुङ समुदायले पनि तमु ल्होसार पर्व मनाउँदै आउने गरेका छन् । यस पर्वका अवसरमा सरकारले देशैभर सार्वजनिक विदा समेत दिने गरेको छ ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.