गाेरखा
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ धुवाँकाेटस्थित सिद्धअकला बहुउदेश्यीय सामुदायिक विकास सहकारी संस्था लि.ले अाफ्नाे १८ अाैं बार्षिक उत्सवका अवसरमा अायाेजना गरेकाे तीज गीत प्रतियाेगितामा सागछर्ने सा.वि.स, अधिकारीगाउँ. प्रथम भएकाे छ ।
सहकारीका अध्यक्ष अमृत काराखेतीकाे अध्यक्षकाे सभापतित्वमा सम्पन्न भएकाे प्रतियाेगितामा मिलनचाेक सा.वि.स, मिलनचाेक द्वितीय र नवप्रभात ख गाैलीटार तृतीय भएका छन् ।
प्रतियाेगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार प्राप्त गरेका छन भने सहभागी सबै समूहहरूलाइ नगद रू.२,२ हजारका दरले प्रदान गरिएकाे थियाे । प्रतियाेगितामा ८ वटा समुहकाे सहभागिता रहेकाे थियाे ।
तीज गीत प्रतियाेगितासँगै लाखे नाच समेत प्रस्तुत गरिएकाे थियाे । लाखे नाचमा सहभागी हुनेलाइ नगद रू.५ हजार प्रदान गरिएकाे थियाे ।