कमलटारमा सम्पन्न लाखे नाच प्रतियोगितामा अाप पिपल प्रथम

कमलटार नेवा गुठी काे अायाेजनामा लाखे नाच प्रतियाेगिता सम्पन्न भएकाे छ ।
पालुङटार नगरपालिकाका उप प्रमुख बन्दना पाण्डेकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे साे प्रतियाेगितामा सुर्यमान श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ,नेपाल अादिवासी जनजाती महासंघ पालुङटारका अध्यक्ष निर्मला मल्ल, नेवा: दव दवु गाेरखाका राजकुमार श्रेष्ठ लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । कमलटार नेवा: गुठी समाजका अध्यक्ष रेशम कुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न साे प्रतियाेगितामा वडा नं ६ का वडा सदस्य ईश्वर कुमार मल्लले स्वागत गर्नुभएकाे थियाे ।
लाखे नाच प्रतियोगितामा अांपपिपल नेवा समाज प्रथम, ठाटिपोखरी द्वितिय, बाह्रपिर्के तृतिय र बाह्रपिर्के नेवा गुठी सान्तवना स्थान हासिल गरेका थिए ।
प्रतियाेगितामा प्रथम हुनेले नगद रू.२० हजार, द्वितीय हुनेले नगद रू.१५ हजार, तृतीय हुनेले नगद रू.१० हजार र सान्तवना हुनेले ५ हजार प्राप्त गरेका छन् । त्यस्तै सहभागी सबै समुहलाई नगद रू.१ हजार प्रदान गरिएकाे थियाे ।
पालुङटार नगरपालिका भित्रका बिभिन्न नेवा गुठीसहित तनहुँ का गरी १२ टिमकाे सहभागिता रहेकाे थियाे ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.