तारकेश्वर नगरपालिकाका प्रमुख प्रमुख कृष्णहरि महर्जनले घटनाको प्रकृति हेर्दा दिनेशले पत्नी ३४ वर्षीया सुनिता काप्री पाण्डे, छोरी सात वर्षीया आशिका र छोरा ११ वर्षीय आशिक पाण्डेको हत्या गरेर आफूले आत्महत्या गरेको जस्तो देखिएकाे बताईएकाे छ ।
उनले भने, ‘परिवार सखाप पारेर दिनेशले आत्महत्या गरेको जस्तो छ। थप जानकारी भने प्रहरी अनुसन्धानबाट पुष्टि हुनेछ।’ एसपी कोइरालाले पनि परिवारका सदस्यको हत्या गरेपछि आफूले आत्महत्या गरेको आशंका गरेका छन्।
उनले भने, ‘परिवारका अन्य सदस्यको शरीरमा धारिलो हतियार प्रहार गरेको देखिन्छ। दिनेश भने झुन्डिएको अवस्थामा फेला परेका छन्।’ उनले घटनाबारे विस्तृत जानकारी पोस्टमार्टमपछि मात्रै थाहा हुने पनि बताए। उनीहरूको स्थायी घर गोरखाको अश्राङ भएको बताइएको छ।
पाण्डे र उनकी श्रीमतीबीच लामो समयदेखि विवाद बढेको थियो। विवाद बढेपछि दुई पटकसम्म उनलाई प्रहरी हिरासतमा पनि राखिएको थियो। श्रीमती विदेश जाने तयारीमा रहेको पनि खुलेको छ। श्रीमतीको बेलायतको भिसा आइसकेपछि पाण्डेले काभ्रेस्थलीमा रहेको घर बेच्न खोजेपछि विवाद चर्किएको थियो। काभ्रेस्थलीको घर श्रीमती सुनिताको नाममा रहेको र बेच्न नमानेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।