पालुङटारमा बर्षासंगै बाढी पहिरो :घरहरू पुल र हजारौ रोपनि खेत बगायो

पालुङटार, गोरखा(जेठ २७)
प्रजुन श्रेष्ठ

बिहीबार रातभरको बर्षा पछिको बाढी र पहिरोले पालुङटारको बिभिन्न ठाँउमा क्षेति पुर्याएको छ।वडा न:६ मा एक ब्याक्तीको घर पहिरोले बगाएको छ ।वडा न:९ मा मोटेरेबल पुल र हजारौं रोपनी खेत बगाएको वडा अध्यक्ष भेजराज पाण्डेले जानकारी दिनुभएको छ ।वडा न:६ कल्लेरिमा पहिरोले स्थानीय केशव बहादुर थापाको घर बगाएको छ ।घरबासबिहिन भएपछि थापाको परिवार नजिकै त्रिपाल टगेर बसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।त्यहाँका ८ घर पहिरोले क्षेति ग्रस्त छन् ।
त्यस्तै छापथोक उखुबारि बस्ति माथिबाट झरेको पहिरोले ४ घर उच्च जोखिममा रहेकोे वडा अध्यक्ष चेत बहादुर गुरुङले जानकारी दिनुभयो । एता वडा न:९ जोगिबेशिको राममाया कुवरको घर स्थानीय खहरेखोलाले क्षेति ग्रस्त बनाएको छ ।
वडा अध्यक्ष पाण्डेका अनुसार स्थानीय चुतीखोलाको बाढीले सेरा बजार उच्च जोखिममा रहेकोे छ ।सो खोलाको बाढीले जोगिबेशि देखि बिर्दि सम्मको ३,००० रोपनी खेत बगाएको बताउनु भएको छ । अबुवा,बिर्दि,सेरा सडकमा रहेको बिर्दि पुल चुती खोलाको बाढीले बगाएको छ ।ठाँउ ठाँउमा झरेको पहिरोले सो सडक अबरुद्ध भएको बताएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.