गोरखा, बैशाख १ गते
नेपाली नयाँ बर्ष बैशाख १ गतेका दिन गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७, च्याङ्लीमा हरियाली सहितको म्याङ्गो गार्डेन रिसोर्टको उदघाटन गरिएको छ ।
२० रोपनी क्षेत्रफलमा फैलिएको सो रिसोर्टको उदघाटन नेपालकै सर्वोत्कृष्ट गाइपालक किसान राजेन्द्रराज पन्तले केक काटेर उदघाटन गर्नुभएको थियो ।
नयाँ बर्षको शुभकामना सँगै उदघाटन गरिएको सो रिसोर्टले यस क्षेत्रको पर्यटन बिकासमा टेवा पुर्याउने लक्ष रहेको रिसार्टका अध्यक्ष राजीवराज पन्तले जानकारी दिनुभयो ।
रिसोर्टमा सुविधासम्पन्न कोठाहरु, कन्फरेन्स हल, खान बस्नको लागि कटेजहरु तथा हरियाली सुन्दरता रहेको छ ।
रिसार्टमा लोकल भाले, खसी बोका, बंदेल, कालिज, बट्टाइ तथा बिभिन्न परिकारका स्थानीय खानाहरु उपलब्ध गराइने अध्यक्ष पन्तले बताउनुभयो ।
अध्यक्ष पन्तका अनुसार रिसोर्टमा निकट भविष्यमा स्वीमिङ पुलसहित बालबगैँचा र फनपार्क को समेत सुबिधा उपलब्ध हुनेछ । हाल ओपनिङको अवसरमा रिसोर्टले बिभिन्न स्किमहरु समेत प्रदान गरिरहेको छ ।
मर्स्याङ्दी नदी किनारमा अवस्थित सो रिसोर्ट पृश्वी राजमार्गको नयाँपुलबाट १०० मिटर मात्र भित्र रहेको छ ।
रिसोर्टले आन्तरिक पर्यटन सँगै जिल्लामै उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष राखेको बताइएको छ ।
नयाँ बर्षकै दिन पालुङटारमा हरियालीसहितको रिसार्ट उदघाटन, लागत साढे ३ करोड
Facebook Comments Box