काेककाे बाेटलले हिर्काउँदा ३७ वर्षिय परियारकाे मृत्यु

गाेरखा ।

जिल्लाकाे गाेरखा नगरपालिका वडा नम्बर ११ मा काेककाे बाेटलले हिर्काउँदा ३७ वर्षिय फूलमाया परियारकाे मृत्यु भएकाे छ । बालिकाले पसलबाट काेक चाेरेकाे निहुँमा घरमा बसिरहेकी आमा कुटिएकी र उनकाे उपचारकाे क्रममा हप्ता दिन नपुग्दै मृत्यु भएकाे स्थानीय धनराज परियारले बताए ।

घाइते अवस्थामा रहेकी परियारकाे गाेरखा अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर पठाइएकाेमा आज उनकाे भरतपुर अस्पतालमा मृत्यु भएकाे थियाे ।

मृतकका आफन्तले लासलाइ जिल्ला स्थित १२ किलाे प्रहरी चाैकीमा राखेर सडक अबरुद्ध गरेका थिए । लासलाइ प्रहरीले गाेरखा पठाएकाे प्रहरी निरिक्षक राम्जी देवकाेटाले जानकारी दिए । कुटिएकाे बारेमा प्रहरी चाैकीमा उजुरी दिँदा समेत प्रहरीले केही नगरेकाे भन्दै पिडित पक्षहरुले नारावाजी गरेका थिए ।

जिल्ला स्थित १२ किलाे चाेकमा रहेका हाेटलहरुमा बासी सडेगलेका अखाद्यवस्तुहरु खुलेआम विक्री वितरण भइरहँदा समेत स्थानीय प्रशासन माैन बस्नु, प्रहरीमा उजूरी गर्दा पिडितकाे पक्षमा प्रहरी अघि नबढ्नुलाइ यस क्षेत्रमा सामान्य रुपमा लिने गरिएकाे पाइन्छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.