चैत १० , गाेरखा गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ च्याङलीका युवाहरूले रू १ लाखकाे अकस्मिक बिपद काेष स्थापना गरेका छन । च्याङलीका १० जना जुझारू युवाहरूको समुहले अाजै एक निर्णय गरी काेषकाे शुरूवात गरिएकाे हाे । हरेक सदस्यले १० हजारका दरले रकम जम्मा गरी काेषकाे स्थापना गरिएको एकजना सदस्य एवं वडा नं ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले बताउनुभयाे । स्थापना गरिएकाे साे काेषबाट अाकस्मिक रूपमा बिरामी पर्दा वा समस्यामा पर्दा तत्काल हुने रकम अभाव टार्न सकिने च्याङली स्वास्थ चाैकीका ईन्चार्ज भरतराज पाण्डेले बताउनुभयो । सबै सदस्यहरूबाट संकलित उक्त रकम बैंक खातामा जम्मा गर्ने र अाबश्यक परेका ब्यक्तिलाई सहजै प्रदान गरिने अर्का युवा गाेरखा संसार डट कमका सञ्चालक रबिन्द्र कंडेलले जानकारी दिनुभयाे । मानवीय संवेदना सबैमा हुनु जरूरी छ , अाबश्यकताअनुसार रकम बढाउन पनि सकिन्छ, अर्का युवा व्यवसायी मनाेज कुमार श्रेष्ठले बताउनुभयाे । साे समुहका अन्य सदस्यहरूमा मुक्ति ढकाल, महेन्द्र कुमार श्रेष्ठ, राजु अधिकारी रहेका छन । त्यस्तै च्याङली सामुदायिक सिकाई केन्द्रले पनि एक सदस्य बराबरकाे रकम राख्ने बताईएकाे छ ।
थप समाचार
-
बाजुरामा बाढी विपत्ति: ११ घर बगे, दर्जनौं संरचना जोखिममा
गाेर्खा संसारAugust 14, 2025बाजुराको हिमाली गाउँपालिकामा बाढी कहर: ११ घर बगे, ७ घरमा क्षति, १७ घर जोखिममा बाजुरा, २९ साउन । बुधबार राति आएको भीषण बाढीले बाजुराको हिमाली गाउँपालिका–१ विच्छ्यामा ठुलो क्षति पुर... -
महाकालीमा बाढीको खतरा, बनबासा पुलमा आवत–जावत पूर्णरूपमा रोक
गाेर्खा संसारAugust 14, 2025कञ्चनपुर, २९ साउन — महाकाली नदीमा पानीको बहाव अत्यधिक बढेपछि नेपाल–भारत सीमामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज) हुँदै सवारी साधन र मानिसको आवत–जावत पूर्णरूपमा रोकिएको छ ... -
विराटनगर बालसुधार गृहमा कैदी र प्रहरीबीच झडप, एक प्रहरी घाइते
गाेर्खा संसारAugust 13, 2025विराटनगर, २८ साउन । विराटनगरस्थित बालसुधार गृहमा बुधबार दिउँसो कैदी (बाल बिज्याइँकर्ता) र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारका अनुसार झडप... -
भूमि वर्गीकरणअघि हदबन्दी छुटको जग्गा बेच्न दिने प्रस्ताव, दुरुपयोगको आशंका
गाेर्खा संसारAugust 13, 2025काठमाडौं, २८ साउन । स्थानीय तहले भूमिको वर्गीकरण नगरेको अवस्थामा पनि हदबन्दी छुटमा जग्गा लिएर पछि बिक्री गर्न दिने व्यवस्था सहितको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रति... -
झुम्का कारागारबाट बलात्कार मुद्दाका कैदी फरार
गाेर्खा संसारAugust 13, 2025विराटनगर, २८ साउन । सुनसरीको झुम्का कारागारबाट जबरजस्ती करणी (बलात्कार) मुद्दामा सजाय भोगिरहेका एक कैदी मंगलबार राति फरार भएका छन् । फरार हुनेमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालि... -
“पूर्वमन्त्री बस्नेतको आरोप– ‘सचिव जोगाइ मलाई मात्र मुद्दा”
गाेर्खा संसारAugust 12, 2025काठमाडौं, २७ साउन । नेपाल दूरसञ्चार प्राधिकरणको बहुचर्चित टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री तथा निलम्बित सांसद मोहनबहादुर बस्नेतले आफूलाई मात्र मुद्दा लगाएर तत्कालीन सचिव...