उर्जामन्त्री आचार्यको गाडी सोमबार बिहान दुर्घटना

तनहुँको व्यास नगरपालिका –१ सुगम पेट्रोल पम्प अगाडी गण्डकी प्रदेशका मन्त्रीको गाडी दुर्घटनामा परेको छ ।पृथ्वीराजमार्ग अन्तर्गत तालघरेबाट दमौलीतर्फ आउँदै गरेको गण्डकी प्रदेशको उर्जामन्त्री हरिशरण आचार्यको गाडी सोमबार बिहान पेट्रोल पम्प अगाडीको पोलमा ठोक्किएको हो ।

ग १ झ ६०० नम्बरको स्कोरपियो पोलमा ठोक्किएर क्षतिग्रस्त भएको छ । एउटै दिशाबाट जाँदै गरेको मोटरसाइकल दायाँतर्फ जाँदै गर्दा मोटरसाइकललाई बचाउन खोज्दा स्कोरपियो दुर्घटनामा परेको हो । गाडीमा ५ जना सवार रहेका थिए । दुर्घटनामा सबै शकुसल रहेको बताइएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.