तनहुँमा राष्ट्रिय जनगणना २०७८ को तयारी तिब्र

– डिपि अधिकारी / तनहुँ
तनहुँमा राष्ट्रिय जनगणना २०७८ को तयारी तिब्र पारिएको छ । मेरो गणना मेरो सहभागिता राष्ट्रिय गणना २०७८ भन्ने मुल नाराका साथ आगामी कार्तिक २५ देखि मंसिर ९ गते सम्म हुने जनगणनाका लागि तयारी तिब्र पारिएको जिल्ला तथ्यांक कार्यालय तनहुँका प्रमुख नन्दलाल सापकोटाले जानकारी दिनुभयो । तथ्यांक लिनका लागि घरघरमा खटिने गणकका लागि प्रशिक्षणको पनि तयारी गरिएको छ ।
तनहुँमा करिब ५ सय गणकलाई २० जना प्रशिक्षकले जिल्लाका आँबुखैरेनी, डुम्रे, दमौली, खैरेनीटार र भिमाद गरि ५ ठाउँमा आगामी कार्तिक १३ गते देखि १६ गते सम्म ४ दिन प्रशिक्षण दिईनेछ । तथ्यांकका लागि घरघर पुग्ने गणकले आँफूलाई खटाईएको क्षेत्रमा भौगोलिक विकटता हेरी १ सय ६० देखि २ सय ५० घरधुरीको तथ्यांक लिनु पर्ने र गणनाका लागि फरक क्षमता भएका ब्यक्ति र महिलालाई विशेष प्राथमिकता दिईने प्रमुख सापकोटाले बताउनुभयो ।
संंघीय लोकतान्त्रीक गणतन्त्र पछिको पहिलो गणना भएकाले स्थानीय तह र वडाको समेत तथ्यांक आउने हुँदा यसको महत्व अझै बढेको तथ्यांक विभागका निर्देशक रामहरि गैरेको जानकारी दिनुभयो । बिगत भन्दा यस पटक जनगणनामा नयाँ प्रश्नावली थपिएका छन् ।
‘१०–१० बर्षमा हुने जनगणना राष्ट्रिय कार्यक्रम भएकाले तथ्याङ्क दिएर सहयोग गरिदिन निर्देशक गैरेले सबैमा विशेष अनुरोध गर्नुभएको छ । जनगणनाबाट निकालिएको निश्कर्ष राष्ट्रिय सम्पत्ति हुने भएकाले यसका लागि सबैको सहयोगको जरुरत पर्नेउहाँले बताउनुभयो । जनगणना सही भयो भने योजना निर्माण र कार्यन्वयन पनि प्रभावकारी हुने उनको भनाइ छ ।
यस पटकको आबास तथा जनगणनामा वडागत आर्थिक, सामाजिक, पर्यवरणीय तथ्यांक आउनुका साथै मानिस नबसेको घरको समेत तथ्यांक लिने, कुन परिवारमा कतिजनाले बैंकमा खाता खोलेका छन्, ऋण लिएका छन् वा छैनन भन्ने तथ्याङ्क जनगणनाबाट प्राप्त हुने, अनुदानमा घर निर्माण कतिले गरे भन्ने जानकारी पनि गणनाबाट प्राप्त हुनेछ । प्राविधिक शिक्षा लिने कति छन् भन्ने बिवरण समेत आउनेछ । गत वर्षमा ८ वटा मध्ये एउटा घरपरिवारको पूर्ण लागत लिईने गरिएकोमा यस पटक सबै परिवारको सवै विवरण पूरै भरिने छ । जनगणना कार्यक्रम अन्तरगत सुपरीबेक्षकले भदौ ३० देखि असोज १८ गतेसम्म शुद्धिकरणको काम सम्पन्न गरिसकेका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.