Gorkha Sansar

घान्द्रुक जिप दुर्घटनाबाट पाठ सिकाैं, क्षमताभन्दा बढी यात्रु नबाेकाैं, चाडपर्व सुरक्षित रूपमा मनाउँ ।

घटना घटी सके पछि छानबिन समिती बनाएर नाटक गर्नु भन्दा पहिले नै चाडवाडका बेला यात्रुहरू ओसारपसार गर्ने सवारी साधनलाई निगरानी गर्न अत्यावश्यक हुन्छ।क्षमता भन्दा बढी यात्रु बोकेर दुर्घटना निम्त्याउनु भन्दा चेक जाँच गरि सिट क्षमता बाहेक यात्रुहरु बोक्न बन्देज गर्नु जरुरी छ।साथै  सवारी तिब्र गतीमा कुदाउनु पनि दुर्घटना निम्त्याउनु हो।पैसा का लागि छत,गल्ली,मुढा आदिमा यात्रु कोचेर यात्रा गर्नु जोखिमपुर्ण हुन्छ।ट्राफिक प्रहरीले दशैं,तिहार जस्ता चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न चेक जाँचलाई कडा गर्नु आवश्यक छ।सरकारले यात्रुहरूको चापलाई मध्यनजर गर्दै यातायात व्यावसायीहरुलाई सवारी साधनको संख्या बढाएर सुरक्षित स्थानमा पुर्याउन सहयोग गर्नु पर्छ।क्षमता भन्दा धेरै यात्रु बोक्ने,बिना इजाजत सवारी चलाउने,अनुमतिपत्र बिना सवारी चलाउने आदि नियम बिपरित कार्य गर्ने सवारी धनीको इजाजत रद्ध गर्नु पर्छ।जरीवाना तथा रसिद काटेर छोड्नु हुदैन।भर्खरै घान्द्रुक जाने क्रममा जिप दुर्घटना भइ ८ जना युवायुवतीले ज्यान गुमाउनु परेको घटना पनि क्षमता भन्दा धेरै यात्रु बोकेकै कारणले हो।तसर्थ सवारी साधनबाट यात्रुहरुलाई जोखिम हुन नदिन बेलैमा सचेत हुन जरुरी छ। यात्रु महानुभावहरुले पनि यात्रा भन्दा ठूलो ज्यान हो भन्ने बुझेर जबर्जस्ती,जोखिम मोलेर यात्रा नगर्नु हुन अनुरोध छ। रोग लागेर उपचार गर्नु भन्दा रोगको बाटो बन्द गर्नु बेश।

– कुसुम न्यौपाने
अरुण्खोला,नवलपरासी (पुर्व)

थप समाचार

  • Find men seeking men near you

  • Find lasting love with lesbian professional dating

  • “mostbet Türkiye Güncel Giriş Adresi

  • Hur viktvariationer i Plinko-bollar påverkar spelresultaten

  • Рейтинг Онлайн Казино 2025 ᐉ Топ одним Казино России

  • 1xbet Мобильная Версия Регистрация и Вход В личными Кабинет 1хбет с Телефона”

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.