Gorkha Sansar

मलेओडार भिरमा बलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते

गोरखा : 

गोरखा–बेनिघाट आरुघाट सडकखण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडार भिरमा बलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बेनिघाटबाट धादिङको माझीटारतर्फ जाँदै गरेको बा२०च ४४०० नम्बरको बलेरो जिप आज अनियन्त्रित भई सडकबाट झण्डै ५० मिटर तल भिरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते भएकाको उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा पठाइएको छ । अन्य घाइेतको भने मलेखु सामुदायिक अस्पताल धादिङमा उपचार भइरहेको प्रनाउ दाहालले जानकारी दिनुभयो ।

जिप चालकको अवस्था सामान्य रहेको र उनको अहिले प्रहरीको निगरानीमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.