एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङ्टारकाे अध्यक्षमा अधिकारी

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङ्टार नगरकाे दाेस्राे नगर परिषदबाट टेक बहादुर अधिकारीकाे अध्यक्षतामा १५ सदस्यीय नगर कमिटी गठन भएकाे छ । निबर्तमान   नगरअध्यक्ष श्री बलराम भण्डारीकाे अध्यक्षता १६ गते शनिबार ठांटीपाेखरीमा  सम्पन्न भएकाे परिषदमा ए .अ .ने .शि. संगठन राष्ट्रिय परिषद सदस्य श्री गणेश राज सेडाईले प्रमुख अतिथिकाे रूपमा बाेल्दै संगठन बिस्तार तथा शैक्षिक क्षेत्रमा गर्नुपर्ने सुधारका बिषयमा प्रष्टयाउनुभएकाे थियाे । त्यस्तै ने.क.पा. माओवादी केन्द्र प्रदेश कार्यालय सदस्य श्री खेाप ब. कडेलले विशेष अतिथिकाे रूपमा बाेल्दै समसामयिक राजनितिक बिषयमा प्रशिक्षणमुलक मन्तव्य राख्नुभएको थियाे । नगर पाटी सदस्य  अाशिष देवकाेटाले शुभकामना मन्तव्य राख्नुभएको साे कार्यक्रमकाे सञ्चालन सचिव गजेन्द्र भट्टले गर्नुभएकाे थियोे भने स्वागत मन्तव्य उपाध्यक्ष प्रबासबाबु परियारले गर्नुभएकाे थियाे ।समितिकाे बरिष्ठ उपाध्यक्षमा रमेश खड्का, उपाध्यक्षमा बिष्णु मरहट्टा, सचिवमा संन्ताेष पाण्डे, महिला उपाध्यक्षमा शान्ति सुनार, उपाध्यक्षमा बिष्णु प्रसाद मरहट्ठा, अर्थ सचिवमा  अनिल पाेखरेल र सह सचिवमा रमेश राेका रहेका छन। समितिको अन्य सदस्यहरूमा गजेन्द्र भट्ट, प्रबास बाबु परियार, रामहरि देवकाेटा, निलकुमार श्रेष्ठ, बिष्णुहरि देवकाेटा, रञ्जना कंडेल, नानी बाबु अधिकारी र अमर गैरे रहेका छन् । साेहि भेलाले निबर्तमान अध्यक्ष बलराम भण्डारीसहित ९ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.