दलित एकता तथा उत्थान समिति पालुङटार ७ काे प्रथम बार्षिकउत्सव समाराेह सम्पन्न

दलित एकता तथा उत्थान समिति पालुङटार ७ काे प्रथम बार्षिकउत्सव समाराेह सम्पन्न भएकाे छ । समितिका अध्यक्ष मिन बहादुर परियारकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालुङटार नगरपालिकाका नगरप्रमुख दिपकबाबु कंडेलले प्रमुख अतिथिकाे रूपमा अाफ्ना भनाइ राख्नुभएको थियाे । साे अवसरमा बाेल्दै नगरप्रमुख कंडेलले परापूर्व कालमा अग्रजहरूले कामका अाधारमा जातकाे बर्गीकरण गरेकाे भएपनि अाफ्नाे अाचरण र खानपिनमा ध्यान दिनुपर्ने बताउनुभयाे । त्यस्तै गरी उहाँले अन्य जातिहरूले पेशा गर्न थालेकाे तर दलितहरूले अाफ्नाे पेशा छाडदै गएकाेप्रति चिन्ता व्यक्त गर्नुभएकाे थियाे ।

नगर उपप्रमुख पम्फा बसेलले बिशेष अतिथिकाे रूपमा मन्तब्य राख्दै नवनिर्मित भवनलाइ पूर्णता दिन अाफूले सक्दाे सहयाेग गर्ने बताउनुभयाे । उहँाले साेहि क्रममा बाेल्दै उहाँले दलित एकतालाइ कायम राख्नुपर्नेमा समेत जाेड दिनुभएकाे थियाे । त्यस्तै कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष बसन्तकुमार श्रेष्ठ, च्याङली स्वास्थ्य चाैकीका प्रमुख भरतराज पाण्डे, दलित एकता तथा उत्थान समितिका बिकास परियारले स्वागत मन्तब्य राख्नुभएकाे थियाे । जसमा समितिका सह सचिव राजकुमार परियारले समितिले गरेका गतिबिधि सहितका मन्तब्य राख्नुभएको थियाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.