लिभिङ वाटर नेपालले ककनी–२, ठूलोचित्रे, नुवाकोटका १०२ घरधुरीका तामाङ समुदायमा खानेपानी आयोजना सम्पन्न गरेका छन् । भौगोलिक हिसाबले काठमाडौको नजिक भएर पनि खानेपानीको हाहाकारको समस्या भोग्दै आईरहेका सिमान्कृत पिछाडिएका तामाङ समुदायका मानिसहरुले उक्त आयोजनामार्फत खानेपानीको सुविधा प्राप्त गरेका छन् ।
विशेष गरी इन्जिनियर तथा समाजसेवी विजय गुरुङको आर्थिक व्यवस्थापन र संयाजनमा र संस्थाका कर्मचारी तथा समाजसेवी चतुरमान तामाङले संस्थामार्फत कार्यक्रम स्वीकृत गराई खानेपानीको हाहाकार रहेका उक्त गाउँमा खानेपानी आयोजना अन्तर्गत एक घर एक धारा निर्माण गरी घरघरमै खानेपानीका् सुविधा प्रदान गरेको छन् । विगतमा कुनैपनि खानेपानीको संरचना नहुँदा उक्त गाउँका करिब ४५० जना गाउँलेहरुले दिनहुँ खानेपानी समस्या भोगिरहेको र संस्थाले त्यस समस्यालाई समाधान गरिदिएको उपभोक्ता समितिका अध्यक्ष यम बहादुर लामा बताउनु हुन्छ र संस्थालाई धेरै धेरै धन्यवाद व्यक्त गर्नुभएको छ ।
यस आयोजना अन्तर्गत इन्टेक, धाराहरु र २ वटा ट्याङ्की मार्फत खानेपानी वितरण गरिएको छ । खन्नपुर र अन्य कार्यमा उपभोक्ता समिति र उपभोक्ताहरुको साथ र सहयोगले उक्त आयोजना सम्पन्न गर्न थप सहज भएको संस्थाका कर्मचारीले बताउनु भएको छ । यसरी आफ्नै धाराबाट यसरी खानेपानी पाउला भनेर कहिल्यै नसोचेको एक गाउँले बताउनु हुन्छ ।
साथै भविष्यको रेखदेख, संंरक्षण सम्बद्र्धन, र संचालन गर्नका लागि संस्थाले वडाध्यक्षको रहोबरमा सामाजिक लेखापरिक्षण गरी आयोजनालाई उपभोक्तालाई हस्तान्तरण गरिएको बताउनु भएको छ ।
यसको दिगोपनको लागि उपभोक्ता आफै सक्रिय भएर एकजना हेरालु राखेर पानी संचालन गर्नुपर्ने आवश्यकता रहेको र त्यस्तै गर्ने योजना रहेको उक्त गाउँका बुद्धिजिवी सूर्य बहादुर तामाङले बताउनुभएको छ ।