Gorkha Sansar

नेपाल महिला संघ बन्दिपुर गाउँ कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल महिला संघ बन्दिपुर गाउँ कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस तनहुँका सभापति एवं ब्यास नपाका प्रमुख बैकुण्ठ नैपानेले पार्टीमा महिलाहरुकाे भूमिका महत्त्वपूर्ण रहेकाले महिलाहरु अग्रशर हुनु पर्नेमा जाेड दिँदै काँग्रेसकाे आगामी १४ औं अधिवेशनमा विवाद रहित ढँगले निर्वाचनमा भाग लिन कार्यकर्तालाई आग्रह गर्नु भएकाे छ । त्यसै गरि अर्का प्रशिक्षक काँग्रेस जिल्ला सचिब विश्व बास्ताेलाले १४ औं महाधिवेशनमा महिलाहरुकाे भूमिका , अवशर र चुनाैती बारे प्रशिक्षण प्रदान गर्नु भएकाे जिल्ला काेषाध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयाे ।
नेपाल महिला संघ बन्दिपुर गाउँ कार्यसमितिकी उप-सभापति रिता तिवारीकाे सभापतित्वमा भएकाे कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधि एवं गण्डकी प्रदेशकी सांसद सरिता गुरुङ , महिला संघ तनहुँकी सभापति पवित्रा पाैडेल, महिला नेतृहरु म्याग्दे गापाकी अध्यक्ष मायादेवी राना, ब्यास नपाकी उप-प्रमुख मिरा जाेशी, आँबुखैरेनी गापाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ , काँग्रेस जिल्ला सह-सचिव केशबहादुर सुनार , महाधिवेशन प्रतिनिधि रामचन्द्र अधिकारी , आनन्दराज त्रिपाठी, काँग्रेस बन्दिपुरका सभापति कर्ण खत्री लगाएतले १४ औं महाधिवेशनमा महिलाहरुकाे भूमिका , अवशर र चुनाैती बारे आ-आफ्नाे धारणा ब्यक्त गर्नु भएकाे थियाे भने नेपाल शिक्षक संघकी सह-सचिब शान्ता बास्ताेलाले गीत मार्फत सबै महिलाहरु एकजुट हुन आग्रह गर्नु भएकाे थियाे ।
महिला नेतृ सरिता पियाले स्वागत गर्नु भएकाे कार्यक्रमकाे सहजीकरण नेपाल महिला संघ बन्दिपुरकि सचिब सीता थापाले गर्नु भएकाे थियाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.