Gorkha Sansar

सिर्दिबासमा आर्मीको हेलिकप्टरबाट ८५ क्विन्टल चामल ढुवानी

उत्तरी गोरखामा खाद्यान्न अभाव भएपछि नेपाल आर्मीको एमआई सेभेन्टिनबाट बुधवार ८५ क्विन्टल चामल ढुवानी गरिएको छ । गोरखा स्थित रिपुर्मदन गणबाट चार पटकमा हेलिकप्टरले चामल चुमनुब्री गाउँपालिका ३ सिर्दिबास (फिलिम) लगिएको खाद्य तथा ब्यापार कम्पनी लिमिटेडका सुचना अधिकारी शिब सुनाले बताए ।

‘तीन पटक सम्म ७०/७० र चौँथो पटक ७२ बोरा चामल बुधवार ढुवानी भयो’ उनले भने ‘एक सय ५० क्विन्टल लैजाने योजना छ, बाँकी बिहिवार लैजाने बारे भने हेलिकप्टर आएपछि टुङ्गो लाग्छ ।’ जिल्ला प्रशासनले गृह मन्त्रालयको समन्वयमा खाद्य तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले उपलब्ध गराएको चामल ढुवानी गरेको छ ।

निषेधाज्ञाका कारण दुई महिना देखि खाद्यान्न ढुवानी हुन नसकेको उत्तरी गोरखामा दुई साता अघिको बाढीले आउजाउ ठप्प हुँदा खाद्यान्न अभाव हुन थालेको थियो । खाद्य तथा ब्यापार कम्पनीले चालु वर्ष ३५ सय क्विन्टल चामल डिपोमा ढुवानी गर्नुपर्ने भएपनि दुई हजार सात सय क्लिवन्टल मात्रै ढुवानी भएको थियो । उत्तरी गोरखामा खाद्यान्न अभाव हुन थालेपछि हेलिकप्टरबाट ढुवानी गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

साभारः दराैंदीडट कम

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.