Gorkha Sansar

खोलाले बगाई १ जनाको मृत्यु ”

  मिति २०७८।०३।१९ गते बिहान अं. ०९:३० बजेको समयमा जिल्ला गोरखा, आरुघाट गा.पा. वडा नं. ३ सोती स्थित फुङ्गी खोला तर्ने क्रममा ऐ. गा.पा. वडा नं. १ श्यामचेत बस्ने बर्ष २६ को किरण लामालाई उक्त ठाडो खोलाले अं. २० मिटर तल बगाई किनारामा फालेकोमा स्थानियहरुले देखि निजको बेहोस अवस्थामा उद्धार गरी उपचारको लागि आरुचनौट प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा लगिएकोमा उपचारको क्रममा निज किरण लामालाई उक्त अस्पतालका चिकित्सकले ११:०५ बजे मृत घोषणा गरेको, निजको मृत्यु पश्चात ईलाका प्रहरी कार्यालय आरुघाटबाट खटी गएको टोलीले मुचुल्का लगायतका आवश्यक कार्य भई रहेको ।  

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.