गोरखा १२, असार ।
गोरखामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाल–खनाल पक्षिय १७५ सदस्सीय युवा संघ नेपाल जिल्ला कमिटि गठन भएको छ । एमाले नेपाल खनाल पक्षका जिल्ला इन्चार्ज हरि काफ्लेको प्रमुख अतिथ्यतामा भएको भर्चुअल भेलाले शिवराज पौडेलको अध्यक्षता युवासंघ जिल्ला समिति गठन गरिएको हो ।
भेलाले संघको उपाध्यक्षमा निरज धले, सचिवमा अन्जन देवकोटा, कोषाध्यक्षमा इश्वर रेग्मीलाई चयन गरेको जनाइएको छ । त्यस्तै भेलाबाट २७ सदस्सीय सचिवालय समेत गठन गरेको संघले जनाएको छ । भेलामा नेपाल खनालका जिल्ला अध्यक्ष यादव बस्नेत, युवासंघका इन्चार्ज रेखा लोप्चन तामाङ लगायतको सहभागिता रहेको थियो ।nagrik sawal