काकासंगकाे झगडामा भतिजाले कान नै खाइदिएपछि ….

सल्यान ८, बैशाख ।

सल्यानको कालीमाटी गाउँपालिका–१ हिङ्नाउरे गाउँपालिकामा आपसी बिबादमा झगडा हुदा भतिजाले रिसको आवेगमा काकाको कान नै खाइदिएका छन् ।  गएराती करिब ९ बजेतिर काका भतिजा बिच झगडा भएको ईलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिनुभयो ।

सो क्रममा भतिजा खीमबहादुर कुँवरले काका ५६ वर्षीय काका धनबहादुर कुँवरको कान टोकेर पुरै छिनालेर खाइदिएको प्रहरी समक्ष बताएका छन् । ‘कान पुरै छिनेको अबस्था छ, उहाँले भन्नुभयो, ‘वरपर खोज्दा भेटिएन, भतिजालाई सोध्दा मैले खाइदिए भन्छ ।’

काका घनबहादुरको स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार काका धनबहादुरले केही वर्ष पहिले भतिजा खीमबहादुरका बुवाको कान टोकेर छिनालेको समेत खुल्न आएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.