आँबुखैरेनी, २५ फागुन । तनहुँको आँबुखैरेनी बजारमा रहेको मनकामना माई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले छिम्केश्वरी माविका २ सय जना विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । छिम्केश्वरी माध्यमिक विद्यालय आँबुखैरेनी–४ भाँगेको प्राङ्गणमा आज एक कार्यक्रमको आयोजना गरी संस्थाको १५ औं बार्षिक उत्सवको अवसर पारेर सो विद्यालयका २ सय जना विद्यार्थीहरुलाई शैंक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको सहकारीले जनाएको छ । शैक्षिक सामाग्री अन्तर्गत कपी, कलम, पेन्सिल, ईरेजर, चार्ट (वर्णमाला) र खेलकुद सामाग्री अन्तर्गत ३ वटा भलिबल, १ वटा नेट, १० वटा डस्बीन वितरण गरिएको सहकारीका व्यवस्थापक नारायण तिमिल्सिनाले जानकारी दिनुभयो । शैक्षिक तथा खेलकुद सामाग्री वितरण कार्यक्रममा सहकारीका अध्यक्ष भगवानदास मल्ल, उपाध्यक्ष तुलनारायण श्रेष्ठ, सचिव उपेन्द्र देवकोटा, कोषाध्यक्ष हरिभक्त श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।
थप समाचार
-
नीति, कार्यक्रम तथा बजेट पूर्व तयारीका लागि भानु नगरपालिकामा छलफल कार्यक्रम सम्पन्न।
गोर्खा संसारMay 28, 2025२०८२ जेठ १४ गते २०८२ जेठ १४ गते भानु नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट तयारीलाई प्रभावकारी बनाउन विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। न... -
अमेरिकाले रोक्यो विदेशी विद्यार्थीको भिसा प्रक्रिया
गोर्खा संसारMay 28, 2025अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया रोक्ने निर्णय गरेको छ । अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रु... -
ओमकार योग आयुर्वेद गुरुकुलमा महायज्ञको तयारी
गोर्खा संसारMay 28, 2025गोरखाको पालुङटार नगरपालिका वडा नं ७ च्याङ्लीस्थित चुँदीघाट मा रहेको ओमकार योग आयुर्वेद गुरुकुलमा जेठ १५ देखि २३ गतेसम्म गायत्री पुरस्चरण समापन तथा महायज्ञ संचालनको तयारी अन... -
पीडितलाई न्यायको साटो मुद्दा—राज्यको दोहोरो चरित्रप्रति तीव्र आलोचना
गोर्खा संसारMay 28, 2025पीडितलाई न्यायको साटो मुद्दा—राज्यको दोहोरो चरित्रप्रति तीव्र आलोचना तस्लीम अन्सारीमाथि भएको अन्याय विरुद्ध संघीय गणतान्त्रिक मोर्चाले आन्दोलन गर्ने काठमाडौं । सर्लाहीको पर्सा ... -
इच्छुक स्मृति तथा इच्छुक प्रतिभा पुरस्कारबाट तीन जना स्रष्टा पुरस्कृत
गोर्खा संसारMay 28, 2025काठमाडौं । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा विशेष कार्यक्रमका बीच तीनजना साहित्य र कलाको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई पुरस्कृत गरिएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठा... -
कृष्णसेन इच्छुकको २४ औं स्मृति दिवस, विभिन्न कार्यक्रम गरी स्मरण गरिदै
गाेर्खा संसारMay 27, 2025काठमाडौं । जनयुद्धका महान सहिद तथा पत्रकार एवम् साहित्यकार कृष्णसेन इच्छुकको आज २४ औं स्मृति दिवस हो । इच्छुक सांस्कृतिक प्रतिष्ठान लगायतका विभिन्न संघ, संगठन र संस्थाको आयोजनामा व...