गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वर स्थित लप्सेमा ७ दिने सुरक्षित आवास निर्माणका लागि ७ दिने महिला डकर्मी तालिम सम्पन्न भएको छ । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले भूकम्प प्रतिरोधी घर निर्माणका लागि महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको हो । तालिम समापन कार्यक्रममा बोल्दै जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका कार्यालय प्रमुख सिनियर डिभिजनल ईन्जिनियर सुनिता श्रेष्ठले तालिमले आगामी दिनमा समेत सुरक्षित संरचना बनाउन दक्ष महिला डकर्मीले अग्रणी भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, तालिम प्राप्त महिलो सुरक्षित बनाउनेमा विश्वस्त छु । आगामी दिनमा समेत तालिम प्राप्त महिला डकर्मीलाई वडा÷पालिकासंग समन्वय गराई सुरक्षित आवास मात्र नभएर अन्य भौतिक योजनामा समेत काम गर्न सक्ने अवसर हुने बताउनुभयो । यसअघि,तालिमका दौरान गोरखा नगरपालिकाकी उपमेयर विना श्रेष्ठ र जिल्ला समन्वय समितिकी उपप्रमुख जानुका अधिकारीले अवलोकन गर्दै उपलब्धी मूलक तालिम लिएका महिलाहरुले भविष्यमा गोरखा नगरपालिकाका विकास निर्माण कार्यमा प्राथमिकता साथ सहभागी गराउने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै वडा नम्बर ३ का कार्यवाहक वडाध्यक्ष राजेन्द्र तिवारीले तालिमको अवधि पार गरेर सुरक्षित घर निर्माण गर्न सक्ने भएपछि निर्माण सहयोगी मात्र नभएर सीपमूलक अभ्यास पनि अगाडी बढाउन आग्रह गर्नुभयो । काम गर्न तयार भए वडाले विभिन्न अवसरमा समन्वय गराउन तत्पर रहेको उहाँको भनाई थियो । दक्ष डकर्मी बन्ने तालिम लिए पश्चात आगामी दिनमा समेत भौतिक संरचना निर्माण गनृ सक्ने आत्मबल राख्नुपर्छ, उहाँले भन्नुभयो । वडाध्यक्ष तिवारीले दक्ष डकर्मी महिलाले समेत समूहमा बनेर गए निर्माण कार्यमा समुदायमा जोडिन समेत सहज हुने बताउनुभयो । तालिममा सहभागी महिला डकर्मी सिर्जना थापालाई पुरुषले जस्तै समान रुपमा भूकम्प प्रतिरोधी घर निर्माण सहभागी हुने सक्नत आशा रहेको बताउनुभयो । उहाँले स्थानीय स्तरबाट समेत अवसर दिए तालिमै सहभागी सबै महिला मिलेर सुरक्षित घर बनाउन सक्ने आत्मबल समेत जागृत भएको बताउनुभयो । तालिमका प्रशिक्षक सब इन्जिनियर उत्तम बानियाले सुरक्षित आवास निर्माण गर्न जग देखि छाना तह सम्म नै आवश्यक पर्ने प्राविधिक पक्ष सूक्ष्म ढंगले बुझाउनुका साथै अभ्यासमा समेत सहभागी गराएर निर्माणमा योग्य बनाउन महिला डकर्मीका लागि क्षमता अभिवृद्धि तालिम संचालन गरिएको बताउनुभयो । तालिममा १० जना महिला सहभागी हुनुहुन्थ्यो ।