Gorkha Sansar

चीनले ३ लाख डोज कोभिड भ्याक्सिन अनुदानमा दिने

काठमाडौं- चीनले नेपाललाई ३ लाख डोज कोभिड भ्याक्सिन अनुदानमा दिने भएको छ।

‘नेपाल सरकारको अनुरोधमा चीनले नेपाललाई ३ लाख डोज कोभिड भ्याक्सिन अनुदानमा दिने निर्णय गरेको छ, जसबाट १ लाख ५० हजार नेपाली लाभान्वित हुनेछन्,’ नेपालस्थित चिनियाँ दूतावासले भनेको छ।

चीनमा विकास र उत्पादन गरिएको भ्याक्सिनलाई विश्वकै सार्वजनिक हितमा प्रयोग गर्ने चिनियाँ राष्ट्रपति सी चिनफिङको प्रतिबद्धताअनुसार नै नेपाललाई पनि प्रदान गर्न लागिएको दूतावासले जनाएको छ।

चीनभित्रै र विश्वभर नै अहिले कोभिड भ्याक्सिनको अत्यधिक माग भए पनि चीन सरकारले नेपाल–चीन मित्रतालाई विशेष महत्व दिँदै नेपाललाई प्राथमिकतामा राखेको दूतावासको भनाइ छ।

नेपाललाई प्रदान गर्न लागिएको भ्याक्सिन चीनको सिनोफार्म नामक कम्पनीले उत्पादन गरेको र चीनमा समेत सशर्त स्वीकृति पाएको छ।

सो भ्याक्सिन अहिलेसम्म २ करोड ४० लाख डोज प्रयोग भइसकेको र त्यसको दुई डोज लगाउँदा ७९ दशमलव ३४ प्रतिशत प्रभावकारी भएको पाइएको छ।

सुरक्षा र प्रभावकारिताका हिसाबले सो भ्याक्सिन विश्व स्वास्थ्य संगठनले तय गरेका मापदण्डभन्दा राम्रो पाइएको र प्रयोग गरेका बिभिन्न देशहरुबाट त्यसप्रति निकै राम्रो प्रतिक्रिया प्राप्त भएको दूतावासले जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.