Gorkha Sansar

अख्तियारकाे फन्दामा प्रधानाध्यापक

वीरगन्ज /       अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेरा विद्यापीठ मावि श्रीपुरका तत्कालीन प्रधानाध्यापक गोपाल महतो, लेखा सहयोगी अमरदेवप्रसाद यादव, विद्यालय व्यवस्थापन समितिका सदस्य मनोजकुमार महतोमाथि छानबिन शुरू गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्सामा परेको उजूरी सम्बन्धमा जिप्रका पर्साले उक्त मुद्दा हेर्न अख्तियारको शाखा (जिप्रका)लाई निर्देशन दिएकोले त्यस विषयमा छानबिन भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिनुभयो ।

आव २०७६/७७ को प्रदेश सरकारको रु १५ लाखको बजेट प्रअ सहित तीनैजनाले विभिन्न सामग्री तथा व्यवस्थापन खर्चबापत सिध्याएको तर सामानको लेखाजोखा गर्दा साढे तीन लाख रुपैयाँको पनि नपाइएकोले उनीहरूमाथि अनियमितताको आरोपमा छानबिन भइरहेको हो ।

पर्साका सहायक प्रजिअ भीमकान्त पौडेलका अनुसार अभिभावक सदा अनवरले दिएको उजूरीको आधारमा छानबिन गर्ने क्रममा रु १५ लाख खर्च गरिएको बिल भर्पाइसँग सामान रूजु गर्दा साढे तीन लाख रुपैयाँको मात्र सामान भेटिएपछि आवश्यक छानबिन र कारबाईको लागि अख्तियारलाई परिपत्र गरिएको छ ।

प्रधानाध्यापक गोपाल महतो मावि तह द्वितीय श्रेणीका शिक्षक हुन । उनी केही महीना अघि देखि नेरा मावि नगवामा प्रअको जिम्मेवारी सम्हालिरहेका छन । नेपाल समाचार पत्रमा समाचार छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.