अस्ट्रेलियन क्रिकेटर शेन वाट्सनले सबै खालका क्रिकेटबाट सन्यासकाे घोषणा

अस्ट्रेलियन अलराउण्डर शेन वाट्सनले सबै खालका क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। जारी आइपिएलमा चेन्नाई सुपर किङ्गगबाट किङ्गस इलाभेन पञ्जावविरुद्ध अन्तिम खेल खेल्दै वाटसनले सन्यास लिएका हुन्।  ३९ वर्षीय क्रिकेटरले भिडियोमार्फत भनेका छन्, ‘एउटा अध्याय बन्द हुन्छ र अर्काे नयाँ र उत्साहजनक अध्याय खुल्छ।’

सन् २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका वाटसनले राजस्थान र चेन्नईलाई उपाधि दिलाउन भूमिका खेलेका छन्।

उनले २०१८ मा चेन्नईलाई आइपिएलको उपाधि दिलाउन शतकीय पारी खेलेका थिए। चेन्नईभन्दा अघि उनले राजस्थान रोयल्स र रोयल चेलेन्जर बेङ्लोरबाट खेलेका थिए।

पहिलो संस्करणको आइपिएलमा १ लाख २५ हजार डलरमा राजस्थानमा अनुबन्धन भएका उनले ४ अर्धशतकको मद्दतमा समूहको ३ खेल र सेमिफाइनलमा जिताउन भूमिका खेलेका थिए।

४ खेलमा म्यान अफ दि म्याच चुनिएका थिए।  सन् २००८ र सन् २०१३ को प्रतियोगिता उनी ‘मोष्ट भ्यालुएबल’ खेलाडी चुनिएका छन्। राजस्थान रोयल्स २ वर्षको लागि निलम्बनमा परेपछि उनले सन २०१६ मा रोयल च्यालेन्जर्स बेङ्लोरबाट खेलेका थिए। २०१७ को आइपिएलमा विराट कोहलीको अनुपस्थितीमा केही खेलमा बेङलोरको कप्तानीसमेत सम्हालेका थिए।

सन् २०१८ मा भने वाटसन चेन्नईमा पुगेका थिए। चेन्नईलाई तेस्रो पटक उपाधि जिताउन फाइनलमा उनले हैदरावादविरुद्ध ५७ बलमा १ सय १७ रनमा अविजित रहँदै ‘प्लेयर अफ द फाइनल चुनिएका’ थिए।

उक्त सिजनमा उनले कुल ५ सय ५५ रन बनाउँदै उच्च प्रदर्शन गरेका थिए। सन् २०१९ को फाइनलमा मुम्बईविरुद्ध ५९ बलमा ८० रन जोडे पनि चेन्नईले एक रनले पराजित बन्दै चौथो उपाधिबाट वञ्चित भएको थियो।

यस सिजनमा वाटसनले चेन्नइबाट कुल ११ खेलमा २ सय ९९ रन बनाए पनि टिम लिग चरणबाटै बाहिरियो।आइपिएलमा कुल १ सय ४५ खेल खेल्दै ३ हजार ८ सय ७४ रन बनाएका छन्। स्ट्राइक रेट १ सय ३७ छ। जसमा चार शतक सामेल छ। कुल ९२ विकेट लिँदा एउटा ह्याट्रिक उनको नाममा छ।

क्रिकेट करियरमा वाट्सनले ५९ टेस्ट, एक सय ९० एकदिवसीय र ५८ टी–२० खेल्दा सन् २००७ र २०१५ मा अस्ट्रेलियाले दुई पटक आइसिसी विश्व कपको उपाधि जित्दा उनी टिमको सदस्य थिए।

उनले टेस्टमा तीन हजार सात सय ३१ रन बनाउँदै ७५ विकेट लिएका छन्। त्यस्तै एकदिवसीयमा पाँच हजार सात सय ५७ रन र एक सय ६८ विकेट लिँदै आफ्नो समयको उत्कृष्ट अलराउण्डर बन्दै आफ्नो करियर समाप्त गरे।

विग ब्यास लिगमा सिडनी थन्डर टिमका कप्तान रहिसकेका उनले २०१९ मा सन्यास घोषणा गरेका थिए। सन् २०१६ मा पाकिस्तान सुपर लिग (पिएसएल) ले वाटसनलाई लिगको आइकन प्लेयरको रुपमा घोषणा गरेको थियो।

उनी ड्राफ्टमा रोजिएको पहिलो विदेशी खेलाडी हुन्। क्वेटा ग्लाडिएटर्सबाट पिएसएल खेलका उनी २०१९ मा प्लेयर अफ दि टुर्नामेन्ट घोषणा भएका थिए। २०१६ मा क्यारेबियन प्रिमियर लिग (सिपिएल) लिगको मार्की प्लेयर  घोषणा भएका थिए। उनले २ संस्करण सिपिएल खेलेका छन्। thahakhabar

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.