लन्डन — इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडले म्यानचेस्टर सिटीलाई बराबरीमा रोक्दै एक अंक जोड्न सफल भएको छ ।
शनिबार लन्डन रंगशालामा भएको खेलमा वेस्ट ह्यामले सिटीलाई एक-एक गोलको बराबरीमा रोकेको हो । खेलको १८औं मिनेटमा मिचेल अन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा वेस्ट ह्याम एक-शून्यले अगाडि रहे पनि खेलको ५१औं मिनेटमा म्यानचेस्टर सिटीका लागि फिल फोडेनले बराबरी गोल फर्काए । त्यसपछि भने कुनै पनि टिमबाट गोल हुन सकेन ।
जितपछि वेस्ट ह्याम ८ अंकका साथ अंकतालिकाको १०औं स्थानमा उक्लेको छ । म्यानचेस्टर सिटी भने ८ अंकसहित नै ११औं स्थानमा रहेको छ । ५ खेलमा ४ जित र एक ड्र गरेको एभर्टन भने १३ अंकसहित जारी सिजनको अंकतालिकाको शीर्ष स्थानमा रहेको छ ।