Gorkha Sansar

चाडपर्व नजिकै गर्दा चोरी डकैतीका घट्नाहरु बढ्दै

चाडपर्व नजिकै गर्दा चोरी डकैतीका घट्नाहरु बढ्न थालेका छन् । समुदायमा
कोरोना संक्रमण फैलन थालेपछि शुक्लागण्डकी-५ का विभिन्न टोलमा गएको
सोमबारदेखि निषेधाज्ञा जारी छ । स्थानीयवासी प्रायः घरभित्रै थुनिनु परेको छ
। यहि मौकामा चोरीका घट्नाहरु पनि बढ्न थालेको चिल्लेचौरका शम्भु रानाले
बताए। उनका अनुसार कुखुरा चोर्नेदेखि घरको च्यानल गेट फोड्नेसम्मको
घट्ना हुन थालेका छन् ।आइतबार विहान करिब साढे दुइ बजे कुखुरा चोरेर
भाग्दै गर्दा एक जना चोर पक्राउ परेका छन्। चिल्लेचौरस्थित एक घरमा
भाडामा बस्दै आएकी माया गुरुङले पालेको दुइ वटा कुखुरा चोरी गरी भाग्दै गर्दा
स्थानीयहरुले घेराहाली चोर पक्रन सफल भएको रानाले बताए ।रानाले भने,
‘घरबाहिर रहेको खोरबाट कुखुरा चोरेर भाग्दै गर्दा छिमेकीले देखेर हारगुहार
गर्नुभयो। त्यसपछि सबैजना जुटेर लखेट्दा बस्तिको कुनापट्ट िबन्दै गरेको
घरको शौचालयमा कुखुरासहित पसेको रहेछ । खोज्दै जाँदा त्यहि भेटियो अनि
चर्पीको ढोका थुनेर प्रहरीलाई खबर गरौँ, तत्कालै प्रहरीको टोली आएर
नियन्त्रणमा लियो ।’कुखुरा चोर बजारकोट घर भई हाल शेराटार बस्दै आएका
४५ बर्षीय पुरुष भएको प्रहरीले जनाएको छ । ती पुरुष जाँड रक्सीको तालमा
हिड्ने र चोरीडकैतीमा संलग्न हुने गरेको पाइएको इलाका प्रहरी कार्यालय
बेलचौतराका प्रमुख प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए। अन्य चोरीका
घट्नामा पनि संलग्न भएको आशंकामा सोधपुछ गर्दा केहिदिन अघि
शेराटारबाट साइलकल चोरी गरी भिमाद लगेर बेचेको समेत खुलेको प्रहरी
निरीक्षक रेग्मीले बताए।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.