बन्दीपुरमा गरिएकाे कन्ट्याक्ट ट्रेसिङकाे रिपोर्ट नेगेटिभ अाएसंगै बन्दाबन्दी खोल्ने संकेत

तनहुँको बन्दीपुर गाउँपालिकाका ५९ जनाको पिसीआर रिपोर्ट आईतबार नेगेटिभ आएको छ ।

समुदाय स्तरमा कोरोना भाइरस फैलन सक्ने भन्दै गत भदौ १८ गते ६० जनाको स्वाब सङ्कलन गरिएको थियो।जसमध्ये परीक्षणका लागि पठाइएकामा ५९ जनाको रिपोर्ट आइतबार नेगेटिभ आएको छ। बन्दीपुर गाउँपालिका–५ का ५० वर्षीय पुरुषको रिपोर्ट भने पोजिटिभ आएको छ।उनी भारतबाट आएर होम क्वारेन्टिनमा बसेको व्यक्ति भएको हुँदा जोखिम नभएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।

डुम्रेमा रहेको गरिमा विकास बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बन्दीपुर गाउँपालिकाले गरेको बन्दाबन्दीको निर्णय अब भने अब हटाउन सक्ने संकेत अध्यक्ष थापाले गर्नुभएको छ।

कन्ट्रयाक्ट ट्रेसिङका आधारमा समुदायस्तरका व्यक्तिहरुको स्वाब सङ्कलन गर्दा सबैको रिपोर्ट नेगेटिभ आएकाले कोरोना समुदायस्तरमा नफैलिएको भन्दै अब सुरक्षा र सावधानी अपनाएर व्यापार व्यवसाय सञ्चालन गर्न सकिने अध्यक्ष थापाले संकेत  गर्नुभयो। यस सम्बन्धी निर्णय आज सोमबार गर्न सकिने सम्भावना रहेको अध्यक्ष थापाले बताउनुभएको छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.