Gorkha Sansar

सामाजिक दुरी कायम गर्दै दलितहरुको भेला सम्पन्न

रविन्द्र कंडेल
२४ साउन, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ का दलितहरुको प्रथम वडा भेला सम्पन्न भएको छ ।
वडा नं. ७ च्याङ्ली बिरुवाटारमा बयोवृद्ध हर्क बहादुर बि.क.को अध्यक्षतामा भेला सम्पन्न भएको थियो । शिक्षक मन बहादुर परियारले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले मन्तव्य राख्दै दलितहरु एक भई इमान्दारीका साथ काम गर्नुपर्ने बताउनुभयो । त्यस्तै गरी भेलामा गोरखा संसार मिडिया प्रा.लि.का सञ्चालक रविन्द्र कंडेल, दलित अगुुवाहरु दिल बहादुर वि.क., कमल बहादुर वि.क, पम्फा बि.क, सञ्जय बि.क, शुक्र बहादुर वि.क, प्रवाशबाबु परियार लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
भेलामा बोल्ने अधिकांश बक्ताहरुले दलित एकतामा जोेड दिनुका साथै दलितहरुका लागि समान अवसर प्रदान गर्नुपर्ने धारणा व्यक्तगरेका थिए । जीवन ज्योति मा.वि.को सभाहलमा सम्पन्न भेलामा सामाजिक दुरी कायम गरिएको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.