Skip to main content

Gorkha Sansar

विद्यार्थीहरूद्वारा अात्महत्या न्यूनीकरणसम्बन्धी सडक नाटक प्रस्तुत

गोरखाको पालुङटार नगरपालिका स्थित वडा नं ७ मा रहेको जीवनज्योति मावि बाल क्लबले आत्महत्या न्यूनीकरण सम्बन्धी सडक नाटक प्रदर्शन गरेको छ।
एसओएस बालग्राम गण्डकीको सहयोगमा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक सडक नाटक जीवनज्योति माध्यमिक विद्यालय बाल क्लबले कार्तिक १९ गते जीवनज्योति माध्यमिक विद्यालयको प्राङ्गण, त्यस्तैगरी वडा नम्बर ७ को स्थित जनजागृति आधारभूत विद्यालय र वडा नम्बर ७ कै खत्रीटारमा नाटक प्रदर्शन गरिएको थियो।
नाटकमा बाल क्लबका विद्यार्थीहरूले अभिनय गरेका थिए भने नाटकको उद्घाटन विद्यालयको प्राङ्गणमा पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा सदस्य प्रेम बहादुर कुमालको उपस्थितिमा गरिएको थियो। अनमोल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सडक नाटक उद्घाटन कार्यक्रम को सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक ताराबहादुर कुमालले गर्नुभएको थियो। जसमा एसओएस बालग्राम गण्डकीका सहायक कार्यक्रम निर्देशक राजेश अधिकारीले कार्यक्रमको एसओएसको कार्यक्षेत्र तथा यसले गर्दै आएका कामहरूको बारेमा समेत जानकारी गराउँदै आफ्नो महत्वपूर्ण भनाइका साथमा बाल क्लबलाई रु २५००० सहयोग हस्तान्तरण समेत गर्नुभएको थियो । त्यस्तैगरी कार्यक्रममा एसओएस बालग्राम गण्डकीका सहायक निर्देशक प्रकाश भुसालको समेत उपस्थिति रहेको थियो।। सोही कार्यक्रममा च्याङ्ली सामुदायिक सिकाई केन्द्रका अध्यक्ष एवं गोर्खासंसार मिडिया प्रालीका सञ्चालक डाक्टर रविन्द्र कडेल ले कार्यक्रमको औचित्यताको बारेमा प्रस्ट्याउँदै विभिन्न स्थानहरूमा प्रदर्शन गरिएका नाटकमा समेत सहजीकरण गर्नुभएको थियो।
नेपालमा दिनानुदिन बढ्दै गएको आत्महत्या न्यूनीकरण गर्नको लागि एसओएस लगायत विभिन्न संघसंस्थाहरुले आआफ्नो क्षेत्रबाट प्रयास गरिरहेका छन्।
गोरखा जिल्लाको परिवेशमा पालुङ्टार नगरपालिका आत्महत्या हुने सङ्ख्याको आधारमा अग्र स्थानमा रहेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपाेखरीकाे तथ्याँक अनुसार उक्त नगरपालिकामा अात्महत्या गर्नेकाे संख्या अा.ब. २०७८ /०७९ मा ६ महिला र ३ पुरूष गरी ९ जना, २०७९ /०८० मा ८ महिला र ११ पुरूष गरी १९ जना, २०८० /०८१ मा ७ महिला र ५ पुरूष गरी १२ जना रहेका छन् ।
एसओएसले पालुङटार ७ भित्रका विपन्न तथा असहाय बालबालिकाहरूका लागि विगत लामो समयदेखि नियमित रुपमा सहयोग गर्दै आइरहेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.