साम्सद श्रेष्ठद्वारा इद उल अजहाको अवसरमा शुभकामना : कोभिड -१९ को जोखिमबाट वच्न आग्रह

प्रतिनिधि सभा सदस्य तनहुँ क्षेत्र नम्बर १ संघीय सांसद कृष्ण कुमार श्रेष्ठ किसानले मुस्लिम धर्मावलम्बीहरुको महान चाड इद उल अजहाको पावन अवसरमा विश्व भरि छरिएर रहनु भएका समस्त नेपाली दाजु भाइ दिदी बैनी लगायत सम्पुर्णमा सुख, शान्ति, समृद्धि र सु स्वास्थ्यको कामना व्यक्त गर्नुभएको छ।

विश्व व्यापी माहामारीको रूपमा फैलिएको कोभिड -१९ को जोखिमबाट बच्नको लागि समाजिक तथा भौतिक दुरी कायम राख्दै यो पर्व मनाउन पनि श्रेष्ठले अनुरोध गर्नुभएको छ।

साम्सद श्रेष्ठले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत येस्तो सन्देश दिनुभएको छ।

बक्रईद मुबारक । हार्दिक शुभकामना !
इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद उल अजहाको पावन अवसरमा विश्व भरि छरिएर रहनु भएका समस्त नेपाली दाजु भाइ दिदी बैनी लगायत सम्पुर्णमा सुख, शान्ति, समृद्धि र सु स्वास्थ्यको कामना गर्दछु ।

नेपाल धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक मुलुक भएकोले सबै धर्मावलम्बीको चाड पर्व सबै नेपालीको नै चाडपर्व जस्तै हुँदै आएको छ । यो हाम्रो विशेषता पनि हो । जनताको आन्दोलन र बलिदानीको प्रतिफल स्वरुप प्राप्त धर्मनिरपेक्षताको मर्मलाई सबैले सम्मान गर्दै मुस्लिम धर्मावलम्बीको महान पर्व इद उल अजहालाई सबैले उल्लासमय रुपमा मनाउनु हुनेछ भन्ने अपेक्षा गरेको छु ।तनहुँ जिल्ला क्षेत्र नम्बर १ को जनप्रतिनिधिको हैसियतमा यहाँका विभिन्न मठ मन्दिर, गुम्बा, मस्जिद तथा चर्चको संरक्षण तथा सम्बर्द्धन गर्नु मैले आफ्नो जिम्मेवारी ठानेको छु ।

अहिले मुलुक विश्व व्यापी माहामारीको रूपमा फैलिएको कोभिड -१९ को जोखिमबाट बच्नुको लागि समाजिक तथा भौतिक दुरी कायम राख्दै यो पर्व मनाउन पनि म हार्दिक अनुरोध गर्दै अन्त्यमा इद उल अजहा पर्वको अवसरमा समस्त मुस्लिम धर्मावलम्बी सहित सम्पुर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

कृष्णकुमार श्रेष्ठ किसान
संघीय सांसद
प्रतिनिधि सभा तनहुँ क्षेत्र नम्बर १

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.