Gorkha Sansar

अाँबुखैरेनी गाउँपालिका काेराेनामुक्त

आँबुखैरेनी, २४ असार
तनहुँको आँबुखैरेनी गाउँपालिकामाा सबै जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ। सबैकाे रिपाेर्ट नेगेटिभ अाएपछि यस पालिका काेराेनामुक्त बनेकाे छ

एक जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्यकमीको सम्पर्कमा आएका ४८ जनाको कन्ट्याक्ट ट्रेसिङको आधारमा र भारतबाट आएर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ११ जना गरि ५९ जनाको गत असार १८ गते स्वाबको नमुना सङकलन गरेर परिक्षणको लागि पोखरा पठाइएको थियो।

परीक्षणका लागि पठाइएका सबैकाे  कोरोना परिक्षण रिपोर्ट नेगेटिभ प्राप्त भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.